१३ माघ २०७६मारिइसकेको अनुमान गरिएकी किम जोङ उनकी काकी नयाँ वर्ष समारोहमा देखा परेकी छन्।कुनैबेला उत्तर कोरियाको राजनीतिमा शक्तिशाली मानिएकी किम क्योङ हुइ सन् २०१३ यता देखिएकी थिइनन्। उनका पति जन याङ सङ थाएकको सोही वर्ष हत्या भएको थियो।
धेरैले किम क्योङ हुइको पनि हत्या भइसकेको अनुमान गरेका थिए। उनी किम इल सुङकी बहिनी हुन्।तर, यस वर्षको नयाँ वर्ष समारोहमा किमसँगै उनकी काकी पनि देखा परेकी छन्। ७३ वर्षीया किम क्योङ हुई प्योङयाङको साम्ज्योन थिएटरमा भतिजासँगै देखिएकी हुन्।
उनी किम इल सुङको निजी सहयोगी थिइन्। सन् २०१० मा उनी पार्टीको पोलिटब्युरो सदस्य र चारतारे जर्नेल बनेकी थिइन्। एजेन्सी