News Portal

  • दिल्लीमा फेरि ५ वर्ष केजरीवाल सरकार

    भक्तपुरपोष्ट संवाददाता२८ माघ २०७६
    ६८४ पटक
    २८ माघ २०७६

    नयाँ दिल्ली । भारतको राजधानी दिल्ली विधानसभा अन्तर्गत भएको निर्वाचनमा सत्तारुढ आम आदमी पार्टी भारी मत अन्तरले विजयी भएको छ ।७० सिट रहेको दिल्ली विधानसभाका लागि गत शनिबार मतदान भएको थियो । भारतको निर्वाचन आयोगले जारी गरेको नतिजाअनुसार आम आदमी पार्टीले ६२ सिटमा जीत हासिल गरेको छ ।

    केन्द्रको सरकार चलाइरहेको भारतीय जनता पार्टी भाजपा भने केबल ८ सिटमा सीमित भएको छ । केन्द्रको सत्ताबाहिर रहेको भारतीय कांग्रेस पार्टीसहितका अरु कुनै पनि दलले एउटा पनि सिट जित्न सकेका छैनन् । यसअघि सन् २०१५ मा भएको विधानसभा निर्वाचनमा आम आदमी पार्टीले ६७ र भारतीय जनता पार्टीले ३ सिट जितेका थिए ।

    यससँगै अरविन्द केजरीवालले थप ५ वर्ष दिल्लीको मुख्यमन्त्रीको जिम्मेवारी पाएका छन् । आम आदमी पार्टीको जीतसँगै हजारौं समर्थकले दिल्लीका सडकमा खुशीयाली मनाएका छन् । निर्वाचनमा विजयी भएका केजरीवाललाई प्रधानमन्त्री नरेन्द्र मोदी, भाजपाका राष्ट्रिय अध्यक्ष जेपी नड्डा, कांग्रेसका प्रभावशाली नेता राहुल गान्धी सहित विभिन्न राजनीतिक दलका नेताहरुले बधाई दिएका छन् ।

    निर्वाचनमा विजयी भएपछि मतदातालाई धन्यवाद दिँदै यो जीत सम्पूर्ण मुलुक र दिल्लीवासीको जीत भएका जनाएका छन् । उनले यो निर्वाचनसँगै मुलुकले नयाँ राजनीतिको जन्म दिएको टिप्पणी गरेका छन् ।

    आम आदमी पार्टीको जीतलाई दिल्लीमा मोदीको हिन्दु राष्ट्रवादका विरुद्ध प्रगतिशील एवं प्रभावकारी मान्यताको जीतको रुपमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले अथ्र्याएका छन् ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...