News Portal

  • ‘प्रेमको स्मारक’मा ट्रम्प दम्पती

    भक्तपुरपोष्ट संवाददाता१३ फागुन २०७६
    ८६७ पटक
    १३ फागुन २०७६

    अमेरिकी राष्ट्रपतिको रूपमा पहिलोपटक भारत भ्रमणमा आएका डोनल्ड ट्रम्प सोमवार अपरान्ह भारतको आगरास्थित प्रसिद्ध ताजमहल पुगेका छन्।अहमदाबादमा ओर्लिएर पहिले सावरमती आश्रम घुमेका ट्रम्प लगत्तै आगरा पुगेका हुन्।

    अहमदाबादमा ट्रम्पलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भव्य स्वागत गरेका थिए। दुई नेताबीच मङ्गलवार कूटनीतिक वार्ता हुनेछ।आगरामा ट्रम्प दम्पतीलाई नाचगानका साथ भव्य स्वागत गरिएको थियो।त्यहाँ उनलाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गरेका थिए।

    त्यसपछि ट्रम्प दम्पतीले १७ औँ शताब्दीमा मुगल बादशाह शाहजहाँले रानी मुमताज महलको स्मृतिमा निर्माण गराएको सङ्गमरमरको ताजमहल भ्रमण गरेका थिए।ताजमहल भारतको सबभन्दा प्रख्यात स्मारकमध्ये पर्छ र यो प्राय: विदेशी पाहुनाहरूको भ्रमण रोजाइमा पनि पर्छ।

    यसअघि राष्ट्रपति ट्रम्पले आफ्नो भव्य स्वागत गरिएकोमा भारतलाई धन्यवाद दिएका थिए।गुजरातस्थित मोतेरा रङ्गशालामा एक लाखभन्दा धेरै मानिसहरू सहभागी भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भारतलाई ‘संसारकै सबभन्दा गजबको देशमध्ये एक’ भने। साथै, उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निकै प्रशंसा गरे।

    “उनलाई (मोदीलाई) सबैले मनपराउँछन्। तर म भन्न चाहन्छु उनी निकै कडा पनि छन्। तपाईँ गुजरातको गौरवमात्र हुनुहुन्न, तपाईँ त कठिन परिश्रम गरेमा भारतीयले जे चाहे पनि हासिल गर्न सक्छन् भन्ने कुराको जिउँदो प्रमाण हुनुहुन्छ,” ट्रम्पले भने।

    “नमस्ते,” भन्दै उनले सुरु गरेको भाषण सुनेर दर्शकले ताली पिटेका थिए।आफ्नो भाषणमा ट्रम्पले भारतका क्रिकेट खेलाडीदेखि बलिवुड अनि इतिहासका प्रसङ्ग कोट्याए। तर कतिपय भारतीय शब्दको भने उनले सही उच्चारण गर्न सकेनन्। अहमदाबाद शहरको नामदेखि स्वामी विवेकानन्द अनि वेदको उच्चारण उनले बिगारेका थिए।

    पहिले मोदीले भाषण गरेपछि ट्रम्पले भाषण गरेका थिए। तर कतिपय मानिस उनको सम्बोधनको बीचमै बाहिरिन थालेको बीबीसीकी सम्वाददाता रजिनी वैद्यनाथनले बताइन्। ट्रम्पको भारत भ्रमण मोदीको निम्ति भने उचित समयमा भएको छ।

    यतिखेर सरकारका केही विवादास्पद निर्णयहरूका कारण मोदीको सरकारमा धेरैको ध्यान केन्द्रित भइरहेको छ।डिसेम्बरमा भारतले एक विवादास्पद नागरिकतासम्बन्धी कानुन पारित गरेयता त्यहाँ ठूल्ठूला विरोध प्रदर्शन भइरहेका छन्।आलोचकहरूले मोदी सरकारको निर्णयले भारतका बीस करोड मुसलमान समुदायलाई सीमान्तकृत गर्ने आरोप लगाएका छन्। सरकारले भने ती आरोप अस्वीकार गर्दै आएको छ।

    विविसीबाट

    प्रतिकृया दिनुहोस्

    सरकारलाई खबरदारी गर्न शनिबार हजारौं भक्तपुरबासी काठमाडौं जाने

    सरकारलाई खबरदारी गर्न शनिबार हजारौं भक्तपुरबासी काठमाडौं जाने प्रमुख प्रतिपक्षी दल नेकपा(माओवादी केन्द्र)का जिल्ला इन्चार्ज...

    सत्तारुढ एमालेले जग्गा दान लिनु भ्रष्टाचार भएको ट्रान्सपरेन्सी इन्टरनेसनको ठहर

    ट्रान्सपरेन्सी इन्टरनेसन नेपालले सरकारवादी मुद्दा बेहोरिरहेका र अदालतबाट दोषी ठहर भएकासँग जग्गा दान लिनु भ्रष्टाचारको...

    भेटिएन विमानमा बम

    भारतको नयाँ दिल्लीबाट काठमाडौं आएको विस्तारा एयरलाइन्सको विमानमा बम नभेटिएको सुरक्षा स्रोतले जानकारी दिएको छ...

    बेश्याबृत्ति गराएको अभियोगमा महिला गिरफ्तार

    जबरजस्ती बेश्याबृत्तिमा लगाएको अभियोगमा एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा काठमाडौंको कागेश्वरी मनोहरा...

    हेर्नुस् सरकारलाई विपक्षी दलले तत्काल गर्न भनेका १३ काम

    सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्यू, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय सिंहदरबार, काठमाडौँ नेपाल । विषयः...