News Portal

  • अमेरिकामा २ दिनमा १० हजार मानिसमा कोरोना पोजेटिभ : ‘ह्वाइट हाउस’ भित्र पनि पस्यो भाइरस

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ८ चैत
    ९१२ पटक
    भक्तपुर, ८ चैत

    विश्वकै सुरक्षितस्थल मानिने अमेरिकी राष्ट्रपति कार्यालय ‘ह्वाइट हाउस’ भित्र कोरोना भाइरस प्रवेश गरेको छ । ह्वाइट हाउसका एक उच्च अधिकारीलाई कोरोनाभाइरस पोजेटिभ पाइएको हो ।

    अन्तराष्ट्रिय समाचारहरुले जनाए अनुसार उप राष्ट्रपति माइक पेन्सको सचिवालयका एक कर्मचारीमा कोरोना पोजेटिभ देखिएको छ । यसको खुलासापछि अमेरिकामा हल्लीखल्ली मच्चिएको छ ।

    उप राष्ट्रपतिका प्रेस सचिव केटी मिलरले उपराष्ट्रपतिका एक कर्मचारीमा कोरोना पोजेटिभ पाइएको पुष्टि गरेपनि नाम भने सार्वजनिक नगरेको संचारमाध्यमहरुले जनाएका छन् ।

    संक्रमित ति कर्मचारी कस कसको सम्पर्कमा आएका थिए भन्ने बारेमा पत्ता लगाउने प्रयास भइरहेको बताइएको छ । राष्ट्रपति कार्यालयमा डाक्टर र सेक्रेट सर्भिसका एजेन्टले स्वास्थ्य जांच लाई कडाइ गरिरहेका बताइएको छ ।

    अमेरिकामा कोरोना भाइरस (कोभिड१९) का कारण हालसम्म २ सय ३० व्यक्तिको ज्यान गइसकेको छ भने संक्रमित हुनेको संख्या १८ हजार पुगेको छ । यहाँ पछिल्लो २ दिनमा १० हजार मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    प्रतिकृया दिनुहोस्

    हुण्डी कारोबारको आरोपमा राधेराधेबाट मानिस पक्राउ

    भक्तपुरको मध्यपुर थिमि-९ राधेराधेमा हुण्डी कारोबारको आरोपमा मानिस पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटको...

    बुद्ध बोलीमा नभई ज्ञानमा र हिन्दु राष्ट्र संविधानमा नभई स्वाभिमानमा चाहिने बालेनको विचार

    काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन) बेलाबखत सामाजिक संजाल तताईरहन्छन । बुधवार पनि उनले सामाजिक संजाल...

    भक्तपुर नगरपालिकामा रोजगारीको अवसर

    bhaktapur municipality

    जिल्लाकै जेठो भक्तपुर नगरपालिकाले कर्मचारी माग गरेको छ । नगरपालिकाले कम्प्युटर अपरेटर, सवारी चालक, हेल्पर...

    सकियो दसैं बिदा, आजबाट सरकारी कार्यालय खुल्ने

    बडा दसैंको सार्वजनिक बिदा सकिएको छ । दसैंमा बन्द सरकारी कार्यालय मंगलबार खुल्ने भएका छन्...

    अरनिको राजमार्गमा ५० किलोको पहिरो पन्छाइयो

    अरनिको राजमार्ग एकतर्फि सुचारु भएको छ । गएराति करिब १० बजेदेखि अवरुद्ध काभ्रे पाँचखाल-८ पचास...