News Portal

  • गोली प्रहार गरी पत्रकार जोशीको हत्या

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, ८ साउन
    ७८५ पटक
    भक्तपुर, ८ साउन

    गुन्डाहरुको गोली प्रहारबाट घाइते उत्तरप्रदेश (यूपी) को गाजियाबादका स्थानीय पत्रकार विक्रम जोशीको बुधबार निधन भएको छ । सोमबार राति आफ्ना दुई छोरीसँगै मोटरसाइकलमा गइरहेका जोशीमाथि स्थानीय गुन्डाहरुले आक्रमण गरेका थिए । त्यसलगत्तै उनको टाउकोमा गोली प्रहार गरिएको थियो । घटनालाई लिएर स्थानीय प्रहरी र योगी आदित्यनाथ नेतृत्वको उत्तरप्रदेश सरकारको चर्को आलोचना भएको छ ।

    आक्रमणमा घाइते जोशीको स्थानीय यशोधा अस्पतालमा उपचारका क्रममा बुधबार बिहान निधन भएको हो । घटनामा संलग्न ९ आरोपितमध्ये ८ जनालाई प्रहरीले प्रक्राउ गरेको छ । एक जना फरार रहेको स्थानीय प्रहरीलाई उद्धत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । जोशी गाजियाबादकै एउटा स्थानीय हिन्दी पत्रिकामा काम गर्थे ।

    भारतीय सञ्चारमाध्यमका अनुसार घटनाका पछाडि जोशीले घटनाको चार दिनअघि दिएको उजुरी प्रमुख कारण रहेको छ . आरोपितहरुविरुद्ध घटनाको चार दिन आफ्नी भान्जीलाई दुर्व्यवहार गरेको भन्दै पत्रकार जोशीले स्थानीय प्रहरी चौकीमा उजुरी दायर गरेका थिए । तर, प्रहरीले उनीहरुलाई समयमै पक्राउ नगरेका कारण त्यसको बदला लिनका लागि जोशीलाई गोली हानेको उनको परिवारको दाबी छ ।

    स्थानीय प्रहरीले घटनास्थलको सीसीटीभी फुटेज पनि बाहिर ल्याएको छ । जसमा गुन्डाहरुले पहिले जोशी चढेको मोटरसाइकललाई लडाउँछन् र उनीमाथि आक्रमण गर्न थाल्छन् । जोशीमाथि आक्रमण सुरु भएपछि छोरीहरु भने भाग्छन् । त्यसपछि उनीहरुले जोशीलाई छेउमा रहेको एउटा कारमा आड लगाएर गोली प्रहार गर्दै भागेको देखिन्छ । जोशी गोली लागेपछि भुइँमा ढलेका फुटेजमा देखिन्छ । त्यसपछि उनकी एउटी छोरी उनी नजिक गएर रुँदै सहयोगका लागि गुहार मागिरहेको फुटेजमा देखिन्छ ।

    भारतमा पत्रकारको हत्या गरिएको यो पहिलो घटना भने होइन । भारतमा पछिल्ला वर्षहरुमा धार्मिक कट्टरपन्थी र आपराधिक समूहरुको निसानामा पत्रकारहरु पर्दै आएका छन् । डिसेम्बर २०१९ मा सार्वजनिक एउटा अध्ययनले भारतमा पत्रकारिता गर्न दिनप्रतिदिन असुरक्षित बन्दै गएको देखाएको थियो । पत्रकारद्वय गिता सेसु र उर्वशी सरकारले गरेको उक्त अध्ययनले सन् २०१४ यताको पाँच वर्षमा पत्रकारहरुमाथि १९८ वटा गम्भीर आक्रमण भएको थियो । जसमध्ये ३६ वटा त सन् २०१९ मा मात्रै भएको थियो । त्यसमा पनि ४० जना पत्रकारहरुको हत्या नै भएको अध्ययनले देखाएको थियो । र, तीमध्ये २१ वटा घटना त प्रत्यक्ष रूपमा पत्रकारितासँग सम्बन्धित रहेको अध्ययनले खुलासा गरेको थियो ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...