News Portal

  • १९१ यात्री सवार एयर इंडियाको विमान चिप्लेर २ टुक्रा, १४ जनाको ज्यान गयाे

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २३ साउन
    ७९५ पटक
    भक्तपुर, २३ साउन

    भारतको केरलस्थित करीपुर एयरपोर्टमा एयर इंडिया एक्सप्रेसको एक विमान लैंडिंग गर्ने क्रममा चिप्लेर दुर्घटना भएको छ । दुबईबाट आएको यो विमानमा पायलट र क्रू मेंबर समेत १९१ यात्री सवार रहेका थिए ।

    समाचार एजेंसी एएनआईको हवाला दिंदै भारतीय अनलाइन अमरउजालाले जनाए अनुसार दुर्घटनामा परी १४ जनाको ज्यान गएको छ भने १२३ घाइते भएका छन् जसमध्ये १५ जनाको अवस्था चिन्ताजनक रहेको छ । विमानमा १२८ पुरुष, ४६ महिला र १० बच्चा सवार थिए ।

    14 dead, 123 injured and 15 seriously injured in Kozhikode plane crash incident at Karipur Airport: Malappuram SP to ANI. #Kerala pic.twitter.com/QfFZxHDkVx

    — ANI (@ANI) August 7, 2020
    शुक्रवार साझ ७ .४५ बजे लैंडिंग गर्ने क्रममा जहाज चिप्लिएको थियो । जानकारी अनुसार वर्षाको कारण रनवे हिलो हुँदा जहाज चिप्लिएको हो । नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए)ले विस्तृत जांचका लागि आदेश दिएको छ ।

    चिम्लिएपछि विमान करीब ३० फीट गहरो खाल्डोमा खसेको थियो । यो हवाई अड्डा भौगोलिक रूपले ‘टेबल टॉप’ छ , मतलब वरिपरि खाडल छ । रनवेमा चिप्लिएको विमान सोहीकारण खाल्डोमा खसेको र २ टुक्रा भएको अमर उजालाको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...