News Portal

  • आइफोनका चार नयाँ मोडल लन्च

    ६०६ पटक

    एजेन्सी । अमेरिकी टेक कम्पनी एप्पलले आइफोन १२ सिरिज लन्च गर्दै चार नयाँ मोडल बजारमा ल्याएको छ । एप्पलले मंगलबार ‘डिजिटल इभेन्ट’ यसको घोषणा गरेको हो । एप्पलले आइफोन १२ का ह्‍यान्डसेट फाइभ जी नेटवर्कले सज्जित हुने पनि पुष्टि गरेको छ ।

    एप्पल प्रमुख टिम कुकले भने, “हामी आइफोनको आफ्नो पूरै लाइनअपमा फाइभ जी ल्याउँदै छौं । यो आइफोनका लागि नयाँ युगको सुरुवात हो ।” एप्पलले आइफोन १२ (६४, १२८, २५६ जीबी स्टोरेज), आइफोन १२ मिनी (६४, १२८ र २५६ जीबी स्टोरेज) का साथै आइफोन १२ प्रो (१२८, २५६ र ५१२ जीबी स्टोरेज), आइफोन १२ प्रो म्याक्स (१२८, २५६ र ५१२ जीबी स्टोरेज) लन्च गरेको छ ।

    कति पर्छ मूल्य ?
    यी मोबाइल फोनको मूल्य झन्‍डै ७० हजारदेखि एक लाख ३० हजार भारतीय रुपैयाँको बीचमा छ ।

    आइफोन १२ मिनीको मूल्य ६९ हजार नौ सय, आइफोन १२ को मूल्य ७९ हजार नौ सय, आइफोन १२ प्रोको मूल्य एक लाख नौ हजार नौ सय र आइफोन १२ प्रो म्याक्सको मूल्य एक लाख २९ हजार नौ सय भारतीय रुपैयाँ छ ।

    ६४ जीबी स्टोरेज भएको आइफोन १२ मिनीको मूल्य भारतमा ६९ हजार नौ सय रुपैयाँ हुनेछ । तर, यही फोन यदि तपाईंले २५६ जीबी स्टोरेज भएको खरिद गर्दा मूल्य बढेर ८४ हजार नौ सय रुपैयाँ हुनेछ ।

    त्यस्तै ५१२ जीबी स्टोरेज भएको आइफोन १२ प्रो म्याक्सको मूल्य एक लाख ५९ हजार नौ सय रुपैयाँ हुनेछ ।

    आइफोन १२ मिनी फाइभ जी प्रविधियुक्त विश्वको सबैभन्दा सानो फोन हो ।

    कहिलेसम्म बजारमा आउँछ ?
    विश्‍वभर आइफोन १२ मिनीका लागि प्रि–अर्डर नोभेम्बर ६ बाट सुरु हुनेछ भने नोभेम्बर १३ बाट उपलब्ध हुनेछ । आइफोन १२ र आइफोन १२ प्रोको प्रि–अर्डर अक्टोबर १६ बाट सुरु हुने भने अक्टोबर २३ बाट पाइनेछ । यस्तै आइफोन १२ प्रो म्याक्सको प्रि(अर्डर नोभेम्बर १३ बाट सुरु भएर नोभेम्बर २० बाट बिक्री सुरु हुनेछ ।

    तर, भारतमा यी नयाँ आइफोन कहिलेबाट बिक्री वितरण हुने भन्‍नेबारे कुनै जानकारी नभएको बीबीसीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...