एजेन्सी । दक्षिणी कस्मिरको कुलगाममा भारतीय जनता पार्टी ९भाजपा०का नेता फिदा हुसैनसहित ३ जनाको हत्या गरेका छन्।
भारतीय सञ्चार माध्यमहरूका अनुसार हुसैन भाजपा युवा मोर्चाका महासचिव थिए । उनका दुई कार्यकर्ता उमर रासिद बेग र उमर रमजान हाजमको बिहीबार साँझ हत्या भएको हो ।
एक जनाको घटनास्थलमै र अन्य दुई जनाको अस्पताल लानेबित्तिकै मृत्यु भएको कुलगाम प्रहरीले जनाएको छ।
काजिगुन्ड बस्दै आएका हुसैनमाथि घर फर्कदै गर्दा कारमा हमला भएको प्रहरीले जनाएको छ ।
आक्रमणको जिम्मा लस्कर ए तैयबाको सहयोगी संगठन ‘द रजिस्टेन्स फ्रन्टु (टीआरएफ) ले लिएको छ ।