News Portal

  • भक्तपुर घर भएका सहसचिव गेलालको सचिवमा पदोन्नती, घिमिरे बने महावाणिज्य दूत

    हिना सुवाल / भक्तपुरपोस्ट भक्तपुर, २५ मङ्सिर
    २१९८ पटक
    भक्तपुर, २५ मङ्सिर

    सरकारले सहसचिव मणिराम गेलाललाई सचिवमा बढुवा गरेको छ भने अर्का वरिष्ठ सहसचिव दिनेश कुमार घिमिरेलाई छिमेकी राष्ट्र चीनको व्यापारिक नगर छेन्दुका लागि नेपाली महावाणिज्य दूत नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गेलाललाई सचिवमा बढुवा गरेको हो भने घिमिरेलाई महावाणिज्य दूत नियुक्त गर्ने निर्णय लिएको हो ।

    गेलाल शहरी विकास तथा भवन निर्माण विभागको महानिर्देशकका रुपमा कार्यरत छन् भने घिमिरे प्रधानमन्त्री एवं मन्त्रीपरिषदको कार्यालयका सहसचिव हुन् । भक्तपुर घर भएका सहसचिव गेलालको सचिवमा पदोन्नती भएको र घिमिरेले महावाणिज दूतको जिम्मेवारी पाएको बैठकमा सहभागी एक मन्त्रीले पुष्टि गरे । मन्त्रीपरिषदको निर्णय भने सार्वजनिक गरिएको छैन ।

    भक्तपुरको चाँगुनारायण नगरपालिका-३, झौखेल निवासी गेलाल इन्जिनियरिङ समूहका तथा सूर्यविनायक नगरपालिका-५ कटुन्जेकाे मनाेरम बस्तीमा बसोबास गर्दै आएका घिमिरे सामान्य प्रशासन समूहका सहसचिव हुन् । भक्तपुरको स्थानीय विकासनिर्माण र समस्या समाधानमा चासो राख्दै आएका गेलाल र घिमिरेलाई नयाँ जिम्मेवारी प्राप्त भएकोमा स्थानीयले खुशी व्यक्त गर्दै सामाजिक संजाल मार्फत सरकारलाई धन्यवाद दिएका छन् भने उनीहरुको सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ ।

    लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा मंगलवार बसेको बढुवा सिफारिस समितिको बैठकले ३ वरिष्ठ सह सचिवहरुलाई सचिवका लागि सिफारिस गरेको थियो । मणिराम गेलाल, प्रमिला देवी बज्राचार्य र सुशीलबाबु तिवारीको नाम सिफारिस भएकोमा सरकारले गेलाललाई बढुवा गरेको हो । छेन्दुका लागि नेपाली महावाणिज्य दूतमा भने घिमिरेको एकल नाम मन्त्रीपरिषदमा पेश भएकोले उनी नियुक्त हुने निश्चित प्राय: थियो ।

    याे पनि

    छेन्दुका लागि महावाणिज्य दूत हुँदै कटुन्जेका घिमिरे

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...