News Portal

  • भक्तपुरको प्रमुख आकर्षण विस्का जात्रा यो वर्ष नरोकिने

    अनिल श्रेष्ठभक्तपुर, ६ चैत २०७७
    २२१५ पटक
    भक्तपुर, ६ चैत २०७७

    भक्तपुरको प्रमुख आकर्षण विस्का जात्राका लागि भैरवनाथको रथको काम सुरु भइरहेको छ । भक्तपुर नगरको टौमढीस्थित भैरवनाथको रथ निर्माणको कार्य भइरहेको हो ।
    हाल रथकोलागि बेतसिं र कांसि बनाउने काम भइरहेको छ । रथको अगाडि सवार हुने बेताल देवता विराजमान हुने काठलाई बेतासिं भनिन्छ । उक्त बेतसिं गत बर्ष नै बनाउने कार्य भएको थियो तर गतवर्ष विस्का जात्रा रोकिंदा उक्त कार्य रोकिएको हो ।
    गतबर्ष कोरोना भाइरस संक्रमण नियन्त्रण तथा व्यवस्थापन गर्न भनी विस्का जात्रा औपचारिकतामा सीमित गरिएको थियो ।
    त्यसै कारण भैवरनाथको रथ निर्माणको कार्य विचैमा रोकिएको हो ।

    भक्तपुरमा मनाइने विस्का जात्रा भने आठ दिन नौ रात सम्म मनाइन्छ । जात्राको मुख्य आकर्षण भनेको काठैकाठले बनेको तीन तले भैरवनाथको रथ एक आपसमा तान्नु हो । उक्त रथ काष्ठकलाको एउटा उत्कृष्ट नमुना पनि मानिन्छ । काठबाट बनेका पांग्रामाथि उक्त रथलाई अगाडि पछाडि गरि आठ बटा मोटा-मोटा डोरीले तानेर गन्तव्य सम्म पुर्‍याउनु विस्का जात्राको मुख्य आकर्षण हो ।

    यो बर्ष आउँदो चैत्रको २८ गतेदेखि विस्का जात्रा सुरु हुनेछ । यो बर्ष रथको छानामा राखिने पाता ,पांग्रा तथा बेतर्सि र रथका बुट्टेदार टुँडार , झालका चौकोसमेत नयाँ बनाइएका छन् ।

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...