News Portal

  • भक्तपुर आफ्नो जन्मभूमी भएको भन्दै हरिप्रभाले भनिन्, इच्छाबिपरित एउटा इँट्टा पनि हालिदैन

    बुद्धशरण शाही/ भक्तपुरपोस्ट भक्तपुर, २ भदौ २०७८
    ८३२१ पटक
    भक्तपुर, २ भदौ २०७८

    काठमाडौँ महानगरपालिकाकी उप प्रमुख हरिप्रभा खड्गी श्रेष्ठले भक्तपुर सल्लाघारीमा बसपार्क बनाउने बारे बैकल्पिक अध्ययन मात्र भएको बताएकी छन् । काठमाडौँ उपत्यकाका सबै नगरलाई ब्यबस्थित नगरपालिकाको रुपमा बिकास गर्न सबैसंग सहकार्य गर्दै जाने उनले प्रतिवद्धता समेत प्रकट गरेकी छन् ।

    भक्तपुर नगरपालिकाले मंगलबार सल्लाघारीमा बसपार्क बनाउने कार्यदलको प्रस्तावप्रति आपत्ति प्रकट गरेको सम्बन्धमा भक्तपुर पोस्टसंग प्रतिक्रिया दिंदै उपप्रमुख खड्गीले उपत्यकाको ट्राफिक ब्यबस्थापन र नगरवासीलाई सहजता प्रदान गर्न बिकल्प मात्र प्रस्तुत गरेको बताउदै त्यो नै अन्तिम उपाय नभएको स्पष्ट पारिन् ।

    उपत्यकाको बातावरणमा सन्तुलन कायम राख्न बढ्दो सवारी चापलाई नियन्त्रण गर्न आफ्नो नेतृत्वमा रहेको कार्यदलले बिकल्पको रुपमा मात्र भक्तपुरको सल्लाघारीलाई सम्भावित बसपार्कको रुपमा लिएको र दिगो रुपमा यो समस्यालाई  समाधान गर्न अन्य स्थानहरुको खोजि भैरहेको उनको भनाइ छ।

    उपत्यका प्रवेश गर्ने लामा दुरीका सवारीसाधन पूर्वका गाडी पूर्वमा नै र थानकोटबाट प्रवेश गर्ने गाडी चन्द्रागिरी नगरपालिका भित्रै त्यसैगरी दक्षिणकाली भएर प्रवेश गर्ने किर्तिपुर नगरपालिका भित्रै व्यवस्थित बसपार्क बनाउने हो भने सबैलाई सहज हुने उनको तर्क छ । यद्यपी, हस्तक्षेपको आफूहरुको कुनै मनसाय नरहेको उनले प्रष्ट पारेकी छन् ।

    भक्तपुर नगरपालिकाको अधिकार क्षेत्रमा काठमाडौँ महानगरपालिकाले कुनै किसिमको हस्तक्षेप गर्ने तर्फ आफूले सोच्न समेत नसक्ने उनले बताइन । भक्तपुर आफ्नो जन्मभूमी समेत भएको भन्दै काठमाडौं महानगरकी उपप्रमुख हरिप्रभाले भक्तपुरको इच्छा बिपरित कुनै कार्य नहुने प्रतिवद्धता प्रकट गरिन् ।

    भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापति आफ्नो स्कूल पढ्दाको कक्षाको साथी समेत भएको भन्दै उनले आफ्नो कार्यदलका कारण भक्तपुर नगरपालिकाको चित्त दुखेकोमा दुख व्यक्त गरिन् । आफ्नो राजनीतिक जीवन मात्र नभई पारिवारिक जीवन भन्दा पनि माथि आफूले भक्तपुरलाई राखेर हेर्ने गरेको दावी गर्दै उनले भक्तपुरको इच्छाबिपरित सल्लाघारीमा एउटा इँट्टा पनि नहालिने भक्तपुर पोस्टसंग प्रतिक्रिया दिएकी छन् ।

    उपप्रमुख खड्गी नेतृत्वको कार्यदलले भक्तपुरको सल्लाघारीमा बसपार्क बनाउने सम्बन्धमा प्रतिवेदन पेश गरेको भक्तपुर पोस्टले समाचार संस्प्रेषण गरेपछि सोही समाचारलाई आधार बनाएर मंगलवार भक्तपुर नगरपालिकाले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । साथै,भक्तपुर नगरपालिकाले काठमाडौं महानगरपालिका कार्यदलको प्रस्तावप्रति कडा शब्दमा आपत्ति समेत प्रकट गरेको छ ।

    यो पनि पढ्नुस्

    काठमाडौं महानगरपालिका कार्यदलको प्रस्तावप्रति भक्तपुर नगरपालिकाको गम्भीर आपत्ति

    भक्तपुरको सल्लाघारीलाई बसपार्क बनाउनुपर्ने काठमाडौं महानगरको निष्कर्ष

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...