News Portal

  • एलन मस्कविरुद्ध मुद्दा दायर

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, २९ असार २०७९
    ४६३ पटक
    भक्तपुर, २९ असार २०७९

    सामाजिक सञ्जाल कम्पनी ट्विटरले विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कविरुद्ध मुद्दा दायर गरेको छ । ट्विटर किन्ने सम्झौता रद्द गरेसँगै कम्पनीले टेस्लाका प्रमुख कार्यकारी निर्देशक मस्कविरुद्ध अमेरिकाको डेलावेयर अदालतमा मुद्दा दायर गरेको बीबीसीले जनाएको छ ।

    गएको अप्रिलमा मस्कले ४४ अर्ब अमेरिकी डलरमा ट्विटर किन्ने सम्झौता गरेका थिए । त्यस बेला ट्विटरको प्रतिशेयर ५४ दशमलव २० डलरमा किन्ने सम्झौता भएको थियो । अदालतले मस्कलाई सम्झौता पूरा गर्नुपर्नै आदेश दिनुपर्ने कम्पनीको माग छ । गएको शुक्रवार एलन मस्कले ट्विटरले स्पाम र नक्कली खाताहरूको सङ्ख्याबारेमा पर्याप्त जानकारी नदिएकाले पछि हटेको बताएका थिए ।

    एलन मस्क सम्झौताका लागि सहमत भएपछि टेस्लाको शेयरको साथै शेयर बजार घटेको र टेस्लामा मस्कको हिस्सा घटेको ट्विटरले दायर गरेको मुद्दामा भनिएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...