News Portal

  • फिलिपिन्समा भूकम्पः ४ जनाको मृत्यु ,६० भन्दा बढी घाइते

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,११ साउन २०७९
    ४७५ पटक
    भक्तपुर,११ साउन २०७९

    फिलिपिन्समा आज गएको भूकम्पमा ४ जनाको मृत्यु भएको छ भने ६० जनाभन्दा बढी घाइते भएका छन्। त्यहाँको लुजोन टापुमा आज ७ दशमलव १ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो।

    भूकम्पले उत्तरी प्रान्तमा रहेका अस्पताल र भवनहरूमा क्षति पुर्‍याएको सरकारी अधिकारीहरूले बताएका छन्। भूकम्पको धक्का राजधानी मनिलामा समेत महसुस गरिएको थियो। उद्धारका लागि ठूलो सङ्ख्यामा सुरक्षाकर्मी तथा उद्धारकर्ता परिचालन गरिएको अन्तरराष्ट्रिय सञ्चारमाध्यम एएनआईले जनाएको छ। राष्ट्रपति फर्निनान्ड मार्कोस जुनियरले भूकम्पबाट प्रभावित क्षेत्रमा खोजी तथा उद्धारका लागि कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन्।

    बेंगु प्रान्तमा २ जनाको मृत्यु भएको छ भने अब्रामा एकजना र अर्को प्रान्तमा पनि एकजनाको मृत्यु भएको गृहसचिव बेन्जामिन अबालोसले बताए।भूकम्पको केन्द्रविन्दु डोलोरेस शहरबाट करिब ११ किलोमिटर दक्षिणपूर्वमा सतहको करिब १० किलोमिटर मुनि रहेको अमेरिकी भौगर्भिक सर्भेले जनाएको बेलायती समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ।

     

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...