News Portal

  • छोरीहरुको जन्मदिनको अवसरमा अष्ट्रेलियावासी चालिसे परिवारद्वारा लक्ष्मी प्रतिष्ठानलाई सहयोग

    भक्तपुरपोष्ट संवाददाता भक्तपुर, ५ भदौ २०७९
    ४८६ पटक
    भक्तपुर, ५ भदौ २०७९

    भक्तपुरको कटुन्जे घर भई लामो समय देखि अस्ट्रेलियाको मेलवर्नमा बसोबास गर्दै आएका संचारकर्मी एवं साहित्यकार सुशील चालिसे र उनकी पत्नी अनिता भण्डारी चालिसेले सामाजिक सेवामार्फत आफ्ना दुई छोरीहरुको जन्मोत्सव मनाएका छन् ।

    लक्ष्मी प्रतिष्ठानद्वारा अति सिमान्तकृत बालबालिकाहरुलाई शिक्षामा पहुँच गराउने उद्देश्यले निःशुल्क संचालन गर्दै आएको कुमार बलराम स्मृति छात्रावासलाई आर्थिक सहयोग गरेका छन् । ८ वर्षिया छोरी शायना चालिसे र ५ वर्षिया छोरी समिका चालिसेको एकैदिन परेको जन्मदिनको अवसर पारेर उनीहरुले छात्रावासलाई ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन् ।

    भाद्र २ गते बिहिबार हजुरबुबा सूर्यप्रसाद चालिसे र हजुरआमा अम्बिका चालिसेमार्फत छात्रावासलाई आर्थिक सहयोग प्राप्त भएको उक्त छात्रावासका संचालक समाजसेवी बिष्णु गौतमले जनाएका छन । मानवीय सेवालाई महत्व दिएर गरिएको सहयोगले समाजलाई सकारात्मक उर्जा दिने छात्रावास संचालकले बिश्वास व्यक्त गरेका छन् । लक्ष्मी प्रतिष्ठानद्वारा अति सिमान्तकृत बालबालिकाहरुलाई शिक्षामा पहुँच गराउने उद्देश्यले निःशुल्क संचालन गर्दै आएको कुमार बलराम स्मृति छात्रावासमा आश्रित करिब दुई सय बालबालिकाहरुले सेवा पाइरहेको बताइएको छ ।

    चालिसे दम्पतीले आफ्ना छोरीहरुको प्रत्येक जन्मोत्सवमा कुनै न कुनै सामाजिक संस्थालाई आर्थिक सहयोग प्रदान गर्दै आएका छन् । गत साल उनीहरुले चाँगुनारायण नगरपालिकाको झौखेलस्थित मानव सेवा समाजद्वारा संचालित सेवा घर लाइ २५ हजार सहयोग गरेका थिए । अघिल्लो वर्ष कलाकारद्वय सिताराम कट्टेल(धुर्मुस) र कुन्जना घिमिरे(सुन्तली)द्वारा संचालित सामाजिक सस्था धुर्मुस सुन्तली फाउन्डेसनको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि ४३ हजार ३ सय ५७ रुपैयाँ सहयोग प्रदान गरेका थिए ।

    चालिसे दम्पतीले त्यस अघि राधा पौडेल आबद्ध संस्था एक्सन वर्क नेपाल,दिक्षा चापागाईं आबद्ध पबित्र समाज नेपाल, नायिका स्वेता खड्काले सन्चालन गरेको स्वेता श्री फाउण्डेशन र गौतम लामिछाने एवं पद्मा पाण्डेद्वारा सन्चालित सामाजिक संस्था विरुवा नेपाललाई आर्थिक सहयोग गरी सामाजिक सेवामा जोडिएका थिए।

    प्रतिकृया दिनुहोस्

    रुखमा बाधिँ आगो लगाएको अवस्थामा शव फेला

    छिमेकी जिल्ला काभ्रेमा एकाबिहानै बीभत्स अवस्थामा शव फेला परेको छ । बिहान साढे ८ बजेको...

    बिज्ञापन बुझ्दै बागीश्वरीका विद्यार्थी

    भक्तपुरको बागीश्वरी कलेजले स्नातक तेस्रो बर्षमा पत्रकारिता तथा आमसंचार  अध्ययनरत  विद्यार्थीहरुलाई बिज्ञापन बोर्ड र नेपाल...

    महिना दिनमा दुई सुरुङ छिचोलिएसँगै पूर्वाधार विकासमा फड्को

    मुलुकमा एक महिनामा दुई वटा सुरुङ छिचोलिएका छन् । यी दुई सुरुङमा एउटा सडक यातायात सुरुङ...

    क्यानडा र युके पठाईदिन्छु भन्ने ठगहरु प्रहरी फन्दामा

    वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा २ जनालाई...

    बालमन्दिर जग्गा हिनामिनामा २० जनाविरुद्ध पक्राउ पुर्जी

    बालमन्दिरको जग्गा हिनामिना गरेको आरोपमा नेपाल बाल संगठनका तत्कालीन अध्यक्ष रीता सिंह वैद्यसहित २० जनाविरुद्ध...