News Portal

  • ११८ वर्षीय सिस्टर एन्ड्रेको निधन

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ५ माघ २०७९
    ३६५ पटक
    भक्तपुर, ५ माघ २०७९

    पेरिस । एक सय १८ वर्षीय फ्रान्सेली भिक्षुणी लुसिल रान्डनको निधन भएको छ । उनी संसारकै सबैभन्दा वृद्ध व्यक्ति हुन् ।

    सन् १९४४ मा भिक्षुणी बनेका उनी फ्रान्सको टुलोनमा रहेको आफ्नै नर्सिङ होममा सुतेकै अवस्थामा मृत्यु भएको हो ।

    सन् १९०४ मा दक्षिणी फ्रान्समा जन्मेकी उनले दुई वटा विश्वयुद्ध देखिन् । भिक्षुणी बनेपछि उनले सिस्टर एन्ड्रे नाम धारण गरेकी थिइन् ।

    दृष्टिविहीन र ह्वीलचेयरमा निर्भर रहे पनि सिस्टर एन्ड्रेले अरू वृद्ध मानिसहरूको हेरचाह गरेकी थिइन् । गत अप्रिलमा एक अन्तर्वार्तामा सिस्टर एन्ड्रेले आफ्नो कामले आफूलाई दीर्धायु जीवन बाँच्न सहयोग गरेको बताएकी थिइन् ।

    प्रतिकृया दिनुहोस्

    परीक्षा नियन्त्रक शर्मालाई पितृशोक

    राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२) का परीक्षा नियन्त्रक कृष्ण शर्मालाई पितृशोक परेको...

    नेपालको समृद्धिका लागि बिआरआई महत्वपूर्ण

    चीनको महत्वपूर्ण विश्वव्यापी परियोजना बीआरआईमार्फत नेपालको समृद्धि सम्भव हुने राजनीतिज्ञहरुले बताएका छन् । फ्रेण्डसिप फोरम...

    मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड सिजन-२ सम्पन्न

    मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड सिजन २ सम्पन्न भएको छ । भक्तपुरको सुर्यविनायक नगरपालिका...

    ५ दिने भक्तपुर महोत्सव आज सकिदैं

    ५ दिने भक्तपुर महोत्सव आज सकिदैंछ । गत २८ मङ्सिरबाट शुरु महोत्सवले भक्तपुर नगर बेहुली...

    सूर्यविनायक प्याब्सनमा काफ्लेको नेतृत्वमा ७ सदस्यीय कार्यसमिति

    निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल(प्याब्सन) को सूर्यविनायक नगर समितिमा नयाँ नेतृत्व चयन भएको छ...