News Portal

  • नेपाल-पाकिस्तान मैत्रीपुर्ण टी-२० क्रिकेट प्रतियोगिता २०२३को विजेतालाई हिमालय शमशेर राना ट्रफी

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ५ चैत्र २०७९
    ३६३ पटक
    भक्तपुर, ५ चैत्र २०७९

    पाकिस्तान दूतावासले नेपाल-पाकिस्तान मैत्रीपुर्ण टी-२० क्रिकेट प्रतियोगिता २०२३को विजेतालाई ‘हिमालय शमशेर राना ट्रफी’ले पुरस्कृत गरेको छ । आठौँ संस्करणको सो खेलमा काठमाडौँको पल्सर क्रिकेट एक्सेलेंस सेन्टरले सो ट्रफी हासिल गरेको हो ।

    शनिबार खेलको समापन तथा पुराकसार वितरण कार्यक्रमक प्रमुख अतिथि पुर्व परराष्ट्रियमन्त्री रमेश नाथ पाण्डेयले विजेता टोलीलाई सो ट्रफी हस्तान्तरण गरेका हुन् ।

    कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व परराष्ट्रियमन्त्री पाण्डेयले पाकिस्तान दूतावासले नेपाल-पाकिस्तान मैत्रीपुर्ण टी-२० क्रिकेट प्रतियोगिता २०२३ सफल बनाउन गरेको पहलबारे प्रशंसा गरे । यस्ता कार्यक्रमले खेलको मात्र विकास नभइ दुइ देशबीचको आत्मिय सम्बन्ध पनि राम्रो बनाउने मन्त्री पाण्डेयले बताएका छन् ।

    प्रत्येक वर्ष पाकिस्तान दूतावासद्वारा आयोजित टी-२० क्रिकेट प्रतियोगिता सफलतापूवक सम्पन्न भएको छ । नौ दिन सम्म चल्ने टि-२० क्रिकेट प्रतियोगितामा १२ क्रिकेट टोलीले सहभागिता जनाएका थिए ।

    प्रतिकृया दिनुहोस्

    अनेसास केन्द्रीय कार्य समितिले पायो पूर्णता, सम्पादक समेत नियुक्त

    अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय कार्यसमितिले विभिन्न पदाधिकारीहरूको मनोनयन गरेको छ । अध्यक्ष सर्वज्ञ...

    शहिद परिवारबाट दीप प्रज्जलन गरी मध्यपुरमा मनाइयो संविधान दिवस

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले मध्यपुर थिमिमा दीप प्रज्जलन गरी संविधान दिवस मनाएको छ...

    माओवादी नभएको भए वर्तमान संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र सम्भव थिएन : बिडारी

    संविधान सभा सदस्य रामनारायण बिडारीले माओवादी जनयुद्धकै कारण वर्तमान संविधान बनेको र संघीय लोकतान्त्रिक गणतन्त्र...

    भक्तपुरमा सक्रिय दुई ग्रुप निलम्बनमा

    भक्तपुरमा सक्रिय दुई ग्रुप निलम्बनमा परेका छन् । सामाजिक सञ्जाल फेसबुकले ती दुई ग्रुपलाई निलम्बनमा...

    सडक डिभिजन भक्तपुरका प्रमुख मरासिनीको सरुवा, फेरि आए योगेश

    सडक डिभिजन भक्तपुरका प्रमुख रहेका सि.डि.ई. मेघराज मरासिनीको सरुवा भएको छ । दुई वर्षे कार्यकाल...