News Portal

  • इमरान खानलाई तत्काल रिहा गर्न अदालतको आदेश

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २८ बैशाख २०८०
    ४४५ पटक
    भक्तपुर, २८ बैशाख २०८०

    पाकिस्तानको सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री इमरान खानलाई तत्काल रिहा गर्न आदेश दिएको छ । उनको गिरफ्तारीलाई ‘गैरकानुनी’ ठहर गर्दै बिहीबार उक्त आदेश आएको हो ।

    गत वर्ष अप्रिलमा प्रधानमन्त्री पदबाट हटाइएका खानलाई अपमान पूर्वक अदालत परिसर बाटै हिरासतमा लिइएको थियो । पाकिस्तानका प्रधान न्यायाधीश उमर अता बन्दियालले खानलाई इस्लामाबाद उच्च अदालत परिसरबाट हिरासतमा राख्नु देशको कानुनी प्रणालीको ठूलो अपमान भएको भन्दै अदालतमा उपस्थित गराउन आदेश दिएका थिए ।

    खानको गिरफ्तारीपछि पाकिस्तानमा अशान्तिको स्थिति देखिएको थियो । पीटीआईले आफ्ना समर्थकलाई इमरान खानको समर्थनमा आउन आग्रह गरेसँगै देशभर विभिन्न विरोध प्रदर्शन भएका छन् ।

    प्रदर्शनका क्रममा कम्तीमा १० जनाको मृत्यु भएको छ भने करिब दुई हजारभन्दा बढी व्यक्ति घाइते भएका छन् । देशभरबाट सयौँ प्रदर्शनकारी पक्राउसमेत परेका छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...