News Portal

  • न्यौपानेका कृतिहरूमा साहित्यिक पत्रकार संघको परिचर्चा

    भक्तपुरपोस्ट संवाददाता काठमाडौं, २५ जेठ २०८०
    २९४ पटक
    काठमाडौं, २५ जेठ २०८०

    काठमाडौं । साहित्यिक पत्रकार संघको आयोजनामा आज यहाँ भएको साहित्यकार वेदकुमारी न्यौपानेका कविता र नाट्यकृतिहरूको परिचर्चा कार्यक्रममा वक्ताहरूले उनको योगदानको प्रशंसा गर्दै साहित्यको इतिहास लेख्नेहरूबाट धेरै साहित्यकारहरू उपेक्षित रहेको उल्लेख गर्नुभयो ।

     

    कार्यक्रमका प्रमुख अतिथि हिरण्यकुमारी पाठकले साहित्यकार न्यौपानेको साहित्यिक यात्राको आफू साक्षी रहेको जानकारी दिदै भन्नुभयो, “बीचमा लामो समयसम्म नदेखिए पनि र चर्चा नभए पनि उनी निरन्तर साधनारत रहेकी छिन् ।” वरिष्ठ समालोचक प्रमोद प्रधानले वेदकुमारी न्यौपानेका कवितामा सरल शब्दमा जीवनका भोगाइ र अनुभूति समेटिएको बताउँदै उहाँका कविताभन्दा गीत र मुक्तक अझ प्रभावकारी भएको धारणा राख्नुभयो ।

    अर्का समालोचक डा. शान्तिमाया गिरीले न्यौपानेका नाट्यकृतिहरूमा सामाजिक विषयवस्तुलाई सरल भाषाशैलीमा प्रस्तुत गरिएको छ भन्नुभयो ।

    अध्यक्षको आसनबाट साहित्यिक पत्रकार संघका सभापति राधेश्याम लेकालीले काठमाडौं, अमेरिका र अस्ट्रेलियामा बस्दै आउनुभएकी स्रष्टाबाट पाठकले अब डायस्पोरिक लेखनको आशा गरेको उल्लेख गर्नुभयो ।

    कार्यक्रममा सांसद रेखा यादव, नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ  रोदन र प्रा. डा. गोविन्दमानसिंह कार्कीले साहित्यकार न्यौपानेको लेखनयात्रा प्रशंसा गर्दै आगामी यात्राका लागि शुभकामना दिनुभएको थियो ।

    कार्यक्रममा साहित्यकार युवराज नयाँघरेले स्वागत मन्तव्यमा नेपाली गीति नाटक र गीति कथा लेखनमा गतिशील चरित्र रहेको विचार राख्नुभएको थियो ।

    समारोहमा साहित्यकारहरु किशोर पहाडी, शंकर भारती,  विनोद नेपाल, विमल भौकाजी, प्रद्यम्न जोशी, मन्जिला अनिल, कमला रिसाल, सीता विष्ट कार्की, ममता मृदुल, रन्जना निरौला, तारा सुवेदी, नीता श्रेष्ठ, रेनु भट्टराई, शारदा वाग्ले, सीता नेउपाने, पुरुषोत्तम नेउपानेलगायतको उपस्थिति थियो ।

    प्रतिकृया दिनुहोस्

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...