News Portal

  • श्रष्टाहरुले रोपे धान

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, ११ असार २०८०
    २५५ पटक
    भक्तपुर, ११ असार २०८०

    नेपाल कृषिप्रधान देश हो । नेपालमा धानलाई मुख्य बालीको रूपमा परम्परादेखि नै मानिँदै आइएको छ । मानो रोपेर मुरी फलाउने बालीमा धानलाई लिइन्छ । मानो रोप्ने महिना असार हो भने मुरी भित्र्याउने महिना मंसिर हो ।

    असारको १५ लाई धानदिवसको रूपमा मनाइन्छ । यही असार १५ को सेरोफेरो पारेर स्रष्टाहरूले धान रोपाईं गरेका छन् । उक्त धान रोपाईं कार्यक्रमको अयोजना साहित्य, संस्कृति र महिला सशक्तीकरणको लागि काम गर्दै आएको सखी प्रतिष्ठानले गरेको हो ।

    प्रत्येक बर्ष स्रष्टाहरुको लागि धान रोपाईंको कार्यक्रमको आयोजना गर्दै आएको सखी प्रतिष्ठानले यो वर्ष पनि आयोजना गरेको हो ।

    प्रतिष्ठानको आयोजनामा फसिकोटस्थित १२ रोपनी जग्गामा स्रष्टाहरूद्वारा धान रोपाईं गरिएको हो ।

    धान रोपाईंको अवसरमा स्रष्टाहरूले हात्ती गौडा, फसिकोट, काठमाडौंमा कृषियोग्य जमिनलाई प्लटिङ नगर्न र काठमाडौं उपत्यकालाई कङ्क्रिटको जङ्गल नबनाउन अनुरोध गरेका छन् ।

    सखी प्रतिष्ठानकी अध्यक्ष मन्जिला अनिलको संयोजनमा आयोजना गरिएको आज सम्पन्न धान रोपाईंमा सखी प्रतिष्ठानका प्रमुख सल्लाहकार एवं साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, साहित्यिक पत्रकार संघका पूर्व अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ, घुम्ती मुक्तक नेपालका अध्यक्ष निर्मलरमण पराजुली, समाजसेवी सिर्जना रानी बस्नेत बर्मा, साहित्यकारहरु भगवती बस्नेत, जितेन्द्र रसिक, कमला रिसाल, सरिता सापकोटा, निशा रिमाल, स्मृति डङ्गोललगायत स्थानीयहरुको समेत सहभागीता रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    सरकारबाट उपेन्द्र यादव बाहिरीए, प्रदिप यादव भित्रीए

    उपेन्द्र यादव नेतृत्वको पार्टी जनता समाजवादी पार्टी, नेपाल बिभाजन भै अशोक राई नेतृत्वमा जनता समाजवादी...

    पपुलिष्ट होइन ‘पपुलर’ बजेट बन्छ : प्रधानमन्त्री प्रचण्ड

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो राजनीतिक गत्यावरोध अन्त्य भइ सदन नियमित सञ्चालन हुने विश्वास...

    अनलाइन जुवाबाट २ अर्ब ठगेको आरोपमा सूर्यविनायक बस्ने युवक सार्वजनिक

    अनलाइन जुवा खेलाएर दुई अर्बभन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।...

    वायु प्रदुषणको दुष्प्रभाव र बच्ने उपाय

    ग्रीष्म ऋतुको आगमनसँगै  देशका  विभिन्न क्षेत्रका वनजंगलमा आगलागी हुँदा वायु प्रदूषणको मात्रा उच्च हुँदै गएको...

    पत्रकार तमखुलाई पितृशोक

    नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका कार्यसमिति सदस्य रामगोपाल तमखुलाई पितृशोक परेको छ । मातृशोक...