News Portal

  • सचिव घिमिरेलाई मधेश प्रदेशमा प्रमुख सचिवको जिम्मेवारी

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, १८ भदौ २०८०
    २८९ पटक
    dinesh kumar ghimireभक्तपुर, १८ भदौ २०८०

    सचिव दिनेश कुमार घिमिरेलाई मधेश प्रदेश सरकारको प्रमुख सचिवमा पदस्थापन गरिएको छ । मंगलवार सचिव पदमा पदोन्नती भएका घिमिरेलाई सरकारले मधेश प्रदेशमा प्रमुख सचिवको जिम्मेवारी दिएको हो ।

    बढुवाको करिब एक साता पछि मुख्य सचिव बैकुण्ठ अर्यालले सचिव घिमिरेलाई पदस्थापनको पत्राचार गरेका हुन् ।

    घिमिरे चीनको सिचुवान प्रान्तस्थित व्यापारिक शहर छेन्दुका लागि नेपाली महावाणिज्य दूतका रुपमा कार्यरत रहेका छन् । त्यस अघि उनी लामो समय देखि प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा कार्यरत रहेका थिए । उनी संग बिभिन्न जिल्लाको सिडिओ रहेर काम गरेको अनुभव समेत रहेको छ ।

    झापा स्थायी घर भएका घिमिरे सूर्यविनायक नगरपालिका-५ कटुन्जेकाे मनाेरम बस्ती निवासी हुन् । हसिला र मिजासिला स्वभावका प्रशासक घिमिरेले आफ्नो पदीय दायित्व विवाद रहित र सफलतापूर्वक सम्पन्न गर्दै आएका छन् ।

    यो पनि 

    भक्तपुर निवासी घिमिरेको सचिवमा पदोन्नती

     

    प्रतिकृया दिनुहोस्

    एमाले भक्तपुरमा नयाँ नेतृत्व चयनको सरगर्मी शुरु

    नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) अर्थात नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीमा नयाँ नेतृत्व चयनको सरगर्मी...

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित) 

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त...

    युट्युब र अनलाइनसहित पत्रकारिताका चुनौती तथा आचारसंहिताबारे भक्तपुरमा अन्तरक्रिया

    युट्युब, अनलाइन र सामाजिक संजाल जस्ता नयाँ मिडियाका कारण पत्रकारितामा बिकास संगै चुनौती थपिएको विश्लेषण...

    सरकारबाट उपेन्द्र यादव बाहिरीए, प्रदिप यादव भित्रीए

    उपेन्द्र यादव नेतृत्वको पार्टी जनता समाजवादी पार्टी, नेपाल बिभाजन भै अशोक राई नेतृत्वमा जनता समाजवादी...

    पपुलिष्ट होइन ‘पपुलर’ बजेट बन्छ : प्रधानमन्त्री प्रचण्ड

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो राजनीतिक गत्यावरोध अन्त्य भइ सदन नियमित सञ्चालन हुने विश्वास...