News Portal

  • नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा सिटी स्क्यान सेवा शुरु

    भक्तपुर पोष्ट संवाददाता मध्यपुर थिमि, ९ असोज २०८०
    ३९१ पटक
    city scan thimiमध्यपुर थिमि, ९ असोज २०८०

    मध्यपुर थिमिको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा सिटी स्क्यान सेवा शुरु भएको छ । मंगलवारबाट सो सेवा शुरु भएको हो ।

    भारतबाट आएका प्राविधिकहरुले सिटी स्क्यान सञ्चालनका लागि आवश्यक प्राविधिक सेटिङ सम्पन्न गरेपछि मेसिन सञ्चालनमा आएको नगर उपप्रमुख विजय कृष्ण श्रेष्ठले बताए । अस्पतालमा सिटी स्क्यान सञ्चालन भएसँगै बिरामीहरुले थप गुणस्तरिय सेवा प्राप्त गर्ने नगरप्रमुख सुरेन्द्र श्रेष्ठले दावी गरेका छन् ।

    निर्वाचनका बेला गरिएको स्वास्थ्य सम्बन्धी प्रतिवद्धता अनुसार नगर अस्पतालमा सिटी स्क्यान सेवा बिस्तार गर्न जनप्रतिनिधि तल्लीन थिए । गत १५ बैशाखमा अस्पताल स्थापनाको पन्ध्रौँ वार्सिकोत्सवका अवसर पारेर प्रमुख अतिथि रहेका प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले अस्पतालको नवनिर्मित रेडियोलोजी भवन र सिटि स्क्यान सेवाको उद्घाटन गरेका थिए । सिटी स्क्यान जडान भएको लामो समयसम्म पनि प्राविधिक कारणले सञ्चालन हुन भने सकेको थिएन । अस्पतालका कार्यकारी निर्देशक डा. डि.के रौशनले मंगलवार केही परिक्षण स्क्यान गरिएको र बुधवारबाट सिटी स्क्यान नियमित सञ्चालन हुने जानकारी दिएका छन् ।

    यो पनि

    पन्ध्र वर्षमा नेपाल कोरिया मैत्री नगर अस्पताल : सिटि स्क्यान उद्घाटन, नर्सिङ्ग कलेजको उद्घोष

    प्रतिकृया दिनुहोस्

    एमाले भक्तपुरमा नयाँ नेतृत्व चयनको सरगर्मी शुरु

    नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) अर्थात नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीमा नयाँ नेतृत्व चयनको सरगर्मी...

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित) 

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त...

    युट्युब र अनलाइनसहित पत्रकारिताका चुनौती तथा आचारसंहिताबारे भक्तपुरमा अन्तरक्रिया

    युट्युब, अनलाइन र सामाजिक संजाल जस्ता नयाँ मिडियाका कारण पत्रकारितामा बिकास संगै चुनौती थपिएको विश्लेषण...

    सरकारबाट उपेन्द्र यादव बाहिरीए, प्रदिप यादव भित्रीए

    उपेन्द्र यादव नेतृत्वको पार्टी जनता समाजवादी पार्टी, नेपाल बिभाजन भै अशोक राई नेतृत्वमा जनता समाजवादी...

    पपुलिष्ट होइन ‘पपुलर’ बजेट बन्छ : प्रधानमन्त्री प्रचण्ड

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो राजनीतिक गत्यावरोध अन्त्य भइ सदन नियमित सञ्चालन हुने विश्वास...