News Portal

  • सँझ्या: साहित्यमा ३ पुस्ताका कविता

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २० माघ २०८०
    २८१ पटक
     भक्तपुर, २० माघ २०८०

    कला र कविताका लागि सँझ्या: साहित्य भन्ने उद्घोष साथ भक्तपुरमा संचालित सँझ्या साहित्यको माघ महिनाको शृङ्खला शनिबार सम्पन्न भएको छ । नयाँ थिमिस्थित बिन्ज एण्ड बाइट्ज क्याफेमा कविता सुन्दै र सुनाउदै यो महिनाको कार्यक्रम सम्पन्न भएको हो ।

    तीन पुस्ताको सम्मान, कला र कविताको पक्षमा अभियानको नारासहित २०७१ असोज महिनाको ११ गते, शनिवार ( 27th November 2014) देखि सञ्चालन गरिरहेको यो वर्षको सँझ्या साहित्यको पाँचौँ शृङ्खलामा पहिलो पुस्ताको प्रतिनिधित्व गर्दै लुम्बिनी विकास कोषका पूर्व उपाध्यक्ष, पूर्वमन्त्री एवम् अग्रज कवि डा. केशवमान शाक्यले मेरो इतिहासको एउटा कथा, हराउँदै गएको देश, हाट बजार, यो शहरमा र गन्तव्यहीन शिर्षकका पाँच कविता प्रस्तुत गरेका थिए ।

    उमेरको ७२ वसन्त बिताएर पाको बनेका डाक्टर केशवमान शाक्य पेशाले पिएचडी प्राप्त इन्जिनीयर समेत हुन् । शाक्यका २ कवितासङ्ग्रह र एक कथासङ्ग्रह प्रकाशित छन् ।

    त्यस्तै दोस्रो पुस्ताको प्रतिनिधित्व गर्दा डा. टङ्क उप्रेतीले आफ्ना पाँच कविता सुनाए । उनले कविता लेखनका पृष्ठभूमि र प्रसङ्ग सुनाउँदै न्यातापोल, पेन्सिल, फिङ्गर प्रीन्ट, बूकमार्क र अनि शिर्षकमा ५ कविता सुनाएका थिए ।

    उनी २०४४ सालदेखि निरन्तर काव्यिककर्म गरिरहेका छन् । नेपाल टेलिभिजनमा कार्यरत टेलिभिजन पत्रकार समेत रहेका उप्रेतीका ३ कविताकृति प्रकाशित छन् ।

    तेस्रो पुस्ताको प्रतिनिधित्व गर्दै कवि एवम् भाषिक, सामाजिक र लैङ्गिक समानताका अभियानकर्ता रजनी मिलाले एउटा गुलाब, तिमीले आत्महत्या गर्नेछौ ए सरकार, तिमी एक ह्याङर, अब पागल छ यो शहर र मेरो कथा शिर्षकका ५ कविता सुनाएका छन् ।

    पचासको मध्यदशकदेखि निरन्तर कविता लेख्दै आएका मिलाको एक कविता सङ्ग्रह प्रकाशित छ । लामो समय अङ्ग्रेजी भाषा प्राध्यापन गरेका कवि मिलाले लामोसमय रेडियो साहित्यिक पत्रकारिता पनि गरेको अनुभव संगालेका छन् ।                                                                                                                                           आयोजक सँझ्या साहित्य रहेको कार्यक्रमको सह आयोजक चाक्ला फल्चा रहेको र कवि वसन्त नकर्मी, कञ्चन गजमेर, रमी प्रिया, प्रेमिला राई लगायतले कार्यक्रममा आवश्यक सहयोग गरेका सँझ्या साहित्यका संस्थापक अभियन्ता एवं कवि रामगोपाल आशुतोषले जनाएका छन् ।                                                                                                 सँझ्या साहित्यको सञ्चार साझेदारमा भने भक्तपुर पोस्ट डट्कम, ग्रेस एफएम र सारङ्गीन्यूज रहेका छन् ।

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...