News Portal

  • पाकिस्तान दिवसमा दूतावासमा राष्ट्रिय झण्डा, नेपालसंग सम्बन्ध थप मजबुद बनाइने

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, १० चैैत २०८०
    १६६ पटक
    भक्तपुर, १० चैैत २०८०

    मित्र राष्ट्र पाकिस्तानको ८४ औँ राष्ट्रिय दिवसको अवसरमा काठमाडौंस्थित पाकिस्तानी राजदूतावासमा त्यहाँको राष्ट्रिय झण्डा फहराउने कार्यक्रमको आयोजना गरिएको छ । शनिवार आयोजित उक्त कार्यक्रममा राजदूत अबरार एच हाश्मीले पाकिस्तानको राष्ट्रिय झण्डा फहराएका छन् ।

    सो अवसरमा राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले दिएको सन्देश पढेर सुनाइएको छ ।

    आफ्नो सन्देशमा पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले काइद-ए-आजम मुहम्मद अली जिन्नाको दूरदर्शी नेतृत्व र मुस्लिमहरूको लागि स्वतन्त्र राज्य प्राप्त गर्नका लागि पुर्खाहरूको बलिदानको स्मरण गरेका छन् । उनले विगतका उपलब्धिहरू प्रतिबिम्बित गर्नुका साथै काश्मिरी र प्यालेस्टिनी बन्धुहरु माथिको अधीनता र क्रूरता अन्त्यको लागि प्रार्थना पनि गरेका छन् ।

    पाकिस्तानका प्रधानमन्त्री मोहम्मद शहबाज शरीफले ‘पाकिस्तान दिवस’ को अवसरमा स्वदेश तथा विदेशमा रहेका पाकिस्तानीहरूलाई बधाई दिएका छन्। उहाँले आफ्ना सन्देशहरूमा मुद्रास्फीति र आतंकवाद लगायतका चुनौतिहरूलाई पार गर्दै पाकिस्तानलाई शान्ति, प्रगति र स्थायित्वको उचाइ दिलाउने राष्ट्रको संकल्प व्यक्त गरे ।

    विदेश मन्त्री मोहम्मद इशाक दारले प्रवासी पाकिस्तानीहरूलाई बधाई दिंदै र देशवासीहरूलाई आफ्नो छनौट क्षेत्र, पेशा र उद्यममा उत्कृष्टता जारी राख्न आग्रह गरे । नागरिकको सफलता, उपलब्धि र उत्कृष्टतामा नै देशको विकास र प्रगति निहित रहेको उनको भनाइ छ ।

    समारोहमा आफ्नो मन्तव्य राख्दै राजदूत अबरार एच हाश्मीले सन् १९४० मा मुस्लिमहरूको दृढ संकल्पको स्मरण गर्दै पाकिस्तानलाई समृद्ध बनाउन संघर्षको निरन्तरताको कामना गरे। उनले अतिथिहरूलाई अभिवादन गर्दै नेपाल-पाकिस्तान सम्बन्धका मुख्य पक्षहरू र यो सम्बन्धलाई अझ मजबुत बनाउन गरिएका बिबिध प्रयासहरूबारे प्रकाश पारेका छन् । नेपालसंग सम्बन्ध थप बजबुद बनाइने उनले बताए ।

    समारोहमा नेपालस्थित पाकिस्तानी समुदाय, पाकिस्तानका मित्र तथा दूतावासका अधिकारी र उनीहरुका परिवारको उपस्थिति रहेको दूतावासले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...