भाषा तथा सस्कृतिकर्मी भक्ती रिजाल प्रादेशिक “प्रतिभा” पुरस्कार बाट सम्मानित भएका छन् । रिजाललाई संघीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रादेशिक प्रतिभा पुरस्कार-२०८० बाट सम्मानित गरेको छ ।
नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले “संस्कृति” बिधा तर्फ मधेश प्रदेशका लागि प्रादेशिक प्रतिभा पुरस्कार २०८० द्वारा रिजाललाइ सम्मान गरेको हो ।
काठमाडौको जमलमा रहेको सास्कृतिक सस्थानमा भएको एक समारोहमा नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हित बहादुर तामाङले पचास हजार राशी संगै दोसल्ला ओडाएर रिजाललाई सम्मान गरेका हुन् ।
मधेसमा रहेका भाषा तथा सस्कृतिको जगेर्ना गर्न उल्लेख्य भुमिका निर्बाह गरेको भन्दै नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रिजाललाई सम्मान गरेको बताइएको छ । झन्डै नौ वटा भाषामा दखल भएका सर्लाही निवासी रिजाल पत्रकारिता, साहित्य र गीतसंगीतमार्फत भाषा तथा सस्कृतीको जगेर्ना र विकासमा योगदान गरिरहेका छन् ।