News Portal

  • नौ भाषामा दखल भएका रिजाललाई ५० हजार राशीको प्रतिभा पुरस्कार

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ३१ असार २०८१
    ५९० पटक
    भक्तपुर, ३१ असार २०८१

    भाषा तथा सस्कृतिकर्मी भक्ती रिजाल प्रादेशिक “प्रतिभा” पुरस्कार बाट सम्मानित भएका छन् । रिजाललाई संघीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रादेशिक प्रतिभा पुरस्कार-२०८० बाट सम्मानित गरेको छ ।

    नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले “संस्कृति” बिधा तर्फ मधेश प्रदेशका लागि प्रादेशिक प्रतिभा पुरस्कार २०८० द्वारा रिजाललाइ सम्मान गरेको हो ।

    काठमाडौको जमलमा रहेको सास्कृतिक सस्थानमा भएको एक समारोहमा नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हित बहादुर तामाङले पचास हजार राशी संगै दोसल्ला ओडाएर रिजाललाई सम्मान गरेका हुन् ।

    मधेसमा रहेका भाषा तथा सस्कृतिको जगेर्ना गर्न उल्लेख्य भुमिका निर्बाह गरेको भन्दै नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रिजाललाई सम्मान गरेको बताइएको छ । झन्डै नौ वटा भाषामा दखल भएका सर्लाही निवासी रिजाल पत्रकारिता, साहित्य र गीतसंगीतमार्फत भाषा तथा सस्कृतीको जगेर्ना र विकासमा योगदान गरिरहेका छन् ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...