News Portal

  • हतियारको साँचो सधैँ आफ्नो टेबलमा भएको कीमको दावी

    अनलाइनपर्दा संवाददाता
    १०४८ पटक

    काठमाडौं । उत्तर कोरियाली नेता किम जोङ अनले संयुक्त राज्य अमेरिकालाई चेतावनी दिँदै आणविक हतियारको साँचो सधैँ आफ्नो टेबलमा हुने बताएका छन् ।

    नयाँ बर्षको सन्दर्भमा राष्ट्रवासीका नाममा दिएको सम्बोधनको अमेरिकी समाचार संस्था सिएनएनद्वारा गरेकोे अनुवादमा उद्धृत गरिएकोे छ, “अमेरिकाको सम्पूर्ण मुख्यस्थानहरू उत्तर कोरियाको आणविक हतियारको पहुँचभित्र रहेको र साँचो सधैँ मेरो कार्यालयको टेबलमा रहन्छ । उनीहरू (अमेरिकी) ले यसलाई धम्की होइन यथार्थको रूपमा लिनु जरुरी छ ।”

    नेता उनले थपे, “उत्तर कोरिया आणविक हतियार सम्पन्न एक जिम्मेवार राष्ट्र हो र शान्ति चाहन्छ ।”

    किमले तत्काल आणविक हतियारको प्रयोग हुने स्थिति नभएको बताउँदै भने, “संयुक्त राज्य अमेरिकाले उत्तर कोरियाविरुद्ध युद्ध शुरु गर्न सक्दैन । हामी विरुद्ध उत्तेजित भएर नआउँदासम्म हामीले आणविक हतियारको प्रयोग गर्न चाहेका छैनौ ।”

    यसबाहेक उत्तर कोरियाको राज्य सञ्चालित समाचार संस्था केसिएनएले शनिबार एक प्रतिवेदन सार्वजनिक गर्दै सन् २०१८ लाई आणविक हतियार विकाशको बर्ष बनाउन प्रतिबद्ध रहेको जनाएको छ ।

    प्रतिवेदनमा उत्तर कोरियाले आफ्नो नीति परिवर्तन गर्ने बिषयमा अपेक्षा नगर्न भनिएको छ । “यसको अस्तित्व अजेय शक्तिमा रहेको छ जुन न त बेवास्ता गर्न सकिन्छ न अन्त्य गर्न नै सकिन्छ ।”

    अमेरिका र कोरियाली प्रायद्वीपमा देखिएको तनावबीच उत्तर कोरियाले सन् २०१७ को सेप्टेम्बरमा गरेको विशाल आणविक क्षेप्यास्त्रको परीक्षण साथै नोभेम्बरमा शक्तिशाली आईसीबीएमले विश्वले चासो व्यक्त गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...