इन्डोनेसियाको राजधानी जकार्तामा एक नेपालीको गोली हानी हत्या भएको छ । ३४ बर्षिय युवा शरण तामाङलाइ त्याँहाको प्रहरीले गोली हानी हत्या गरेको हो ।
लागू औषध तस्करको आरोपमा इन्डोनेसियन प्रहरीले उनको हत्या गरेको संचार माध्यमहरुले जनाएका छन । प्रहरीले पक्राउ गरेपछि भाग्न खोज्दा उनको ज्यान गएको प्रहरीको जिकिर छ ।
जाकार्ता मेट्रो पुलिसका चिफ सिनियर कमिशन रोमन हुटाजुजुले जानकारी गराए अनुसार तामाङ अल्पाइन होटलमा लुकेर बसेका थिए । प्रहरी ग्राहक बनेर उनीसम्म पुगन सफल भयो तर आफ्ना साथीहरु देखाउन जाने क्रममा भाग्न खोजेपछि कारवाही हुदा उनी मारिए ।
उनको साथबाट प्रतिबन्धित ५२ ग्राम लागू औषध बरामद भएको प्रहरीको दावी छ ।