क्युवाली क्रान्तिका नायक एवं विश्व चर्चित कम्युनिस्ट नेता क्युवाका पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोका जेठा छोरा डियाज बालार्टले विहिवार आत्महत्या गरेको समाचार छ । फिडेलका छोरा डियाज धेरै दिनदेखि डिप्रेशनमा थिए र उनको उपचार भैरहेको अवस्थामा उनले आत्महत्या गरेको अन्तरास्ट्रिय संचार माध्यमहरुले बताएका छन ।
६८ बर्षका डियाज आफ्नो बुवाजस्तो देखिने कारण उनलाई कतिपयले फिडेलिटो पनि भन्थे ।
पूर्व सोभियत संघबाट प्रशिक्षण लिएका उनी एक वैज्ञानिक थिए हुनुका साथै क्यूवा सरकारका वैज्ञानिक सल्लाहकार तथा एकेडमी अफ साइन्सेसका उपाध्यक्ष पनि थिए ।
उनका पिता फिडेल क्यास्ट्रो क्युबाली क्रान्तिको नायकका रुपमा चिनिन्छन् । जसको निधन २०१६ नोभेम्बरमा भएको थियो ।