News Portal

  • एक ज्यान नगई श्री लंकाको स्थानीय निर्वाचन सम्पन्न

    इभक्तपुर संवाददाताभक्तपुर, २८ माघ
    ८६२ पटक
    भक्तपुर, २८ माघ

    श्रीलङ्कामा स्थानीयस्तरको प्रतिनिधिका चयन गरिने स्थानीय निर्वाचनमा ७० प्रतिशत मतदाताले सहभागिता जनाएका यहाँको निर्वाचन आयोगले शनिबार जनाएको छ ।
    स्थानीय समय अनुसार शनिवार बिहान ७ बजे शुरु भई अपरान्ह् ४ बजे सम्पन्न निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएको आयोगतथा निर्वाचनमा खटिएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुगमनकर्ताहरूले जनाएका छन् ।

    निर्वाचन पर्यवेक्षकका अनुसार निर्वाचनमा ७० प्रतिशत अर्थात् १५ करोड आठ लाख मतदाताले सहभागिता जनाएका थिए ।

    निर्वाचनमा राष्ट्रपति मैत्रीपाला सिरिसेना, प्रधानमन्त्री रनिल विक्रमासिङ्गे तथा पूर्व राष्ट्रपति महिन्दा राजापाक्ष लगायतका उच्च पदस्थ सरकारी तथा प्रतिपक्षी दलका अधिकारीले मतदान गर्नुभएको बताइएको छ ।

    प्रधानमन्त्री विक्रमासिङ्घेले सन् २०१५ मा सत्ता सम्हालेपछि ल्याएको सुधारका कार्यक्रमलाई परीक्षण गर्ने कसीका रूपमा हेरिएको छ ।

    निर्वाचनमा ६५ हजार प्रहरी, ४१ हजार विशेष सुरक्षा अधिकारी तथा सात हजार कर्मचारीको प्रयोग गरिएको थियो ।
    निर्वाचनलाई शान्तिपूर्ण बनाउन विभिन्न स्थानमा बल प्रयोग गर्ने वा मतदातालाई तर्साउन खोज्ने ११ जनालाई पक्राउ गरिएको प्रहरीले बताएको छ । निर्वाचनका क्रममा कसैको मृत्यु नभएको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    परीक्षा नियन्त्रक शर्मालाई पितृशोक

    राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२) का परीक्षा नियन्त्रक कृष्ण शर्मालाई पितृशोक परेको...

    नेपालको समृद्धिका लागि बिआरआई महत्वपूर्ण

    चीनको महत्वपूर्ण विश्वव्यापी परियोजना बीआरआईमार्फत नेपालको समृद्धि सम्भव हुने राजनीतिज्ञहरुले बताएका छन् । फ्रेण्डसिप फोरम...

    मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड सिजन-२ सम्पन्न

    मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड सिजन २ सम्पन्न भएको छ । भक्तपुरको सुर्यविनायक नगरपालिका...

    ५ दिने भक्तपुर महोत्सव आज सकिदैं

    ५ दिने भक्तपुर महोत्सव आज सकिदैंछ । गत २८ मङ्सिरबाट शुरु महोत्सवले भक्तपुर नगर बेहुली...

    सूर्यविनायक प्याब्सनमा काफ्लेको नेतृत्वमा ७ सदस्यीय कार्यसमिति

    निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल(प्याब्सन) को सूर्यविनायक नगर समितिमा नयाँ नेतृत्व चयन भएको छ...