एक युवकले अन्धाधुन्ध गोली चलाउँदा अमेरिकामा कम्तिमा १७ जनाको हताहती भएको खबर छ ।
फ्लोरिडाको पार्कल्याण्डमा रहेको मर्जोरी स्टोनेमन डग्लसुु नामको विद्यालयमा गोली चलाउडा उक्त हताहती भएको हो । ।
उक्त विद्यालयका पूर्व विद्यार्थी रहेका १९ वर्षीय निकोलस क्रुजले विद्यालयमा प्रवेश गरी अन्धाधुन्ध गोली चलाएपछि उक्त दुर्घटना भएको हो । ती युवकलाई प्रहरीले गिरफ्तार गरेर आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रहरीले दिएको जानकारी अनुहार १२ जनाको मृत्यु भवनभित्र, २ जनाको विद्यालय परिसरमा, २ जनाको सडकमा र १ जनाको अस्पताल पुगेपछि दर्दनाक मृत्यु भएको थियो ।
विद्यालयका भएको यो घटना नया भने होइन । यस अघि सन् २०१२ मा पनि एक स्कुलमा यस्तै घटना हुँदा २० जनाको ज्यान गएको थियो ।