News Portal

  • स्वर्गीय रामशेखर नकर्मी व्यक्ति नभई सस्था नै भएको भन्दै सम्झना

    इभक्तपुर संवाददाताभक्तपुर, २६ फागुन
    १७७३ पटक
    भक्तपुर, २६ फागुन

    रामशेखर सहयोग समिति भक्तपुरद्वारा तलेजु बैंक्वेटमा आयोजित कार्यक्रममा साहित्यकार एवं कलाकार स्वर्गीय रामशेखर नकर्मीद्वारा लिखित “सिमात फःफःस्व” कथा संग्रहको बिमोचन गरिएको छ । नेपालभाषा एकेडेमीका चान्सलर चित्तरञ्जन नेपालीले पुस्तक विमोचन गरेका हुन् ।

    कार्यक्रममा नेपालभाषा आन्दोलनका युवा नेता मल्ल के. सुन्दरले स्व राम शेखरको व्यक्तित्व व्यक्तिमात्र नभई संस्थाको रुपमा लिनु पर्ने बताए । उनको लेखन शैली तिखो भएको, तानाशाही पञ्चायती व्यवस्थाको विरुद्धमा सशक्त प्रतिनिधित्व दिएको र नेपालभाषा आन्दोलनमा ठूलो योगदान रहेका भन्दै रचनाहरु नाटक, हास्यव्यग्य, कथा, निवन्ध, उपन्यासहरु अहिले पनि उत्कृष्ट भएको बताए ।

    समितिका संयोजक नरेन्द्रभक्त हाडाको सभापतित्वमा भएको उक्त कार्यक्रममा स्व. रामशेखरका आत्मीय साथी आशा थकुले उनको साहित्यिक एवं हास्यकलाकारको बारेमा जिवन्त प्रकाश पारेका थिए । कार्यक्रममा कथा अनुवादक गोविन्दमान श्रेष्ठ र ओमचरण अमात्यले उनको बारेमा प्रकाश पार्दै उनको योगदानलाई जिवन्तता दिनको लागि संस्थागत रुपमा अगाडि बढ्नु पर्नेमा जोड दिए ।

    स्व रामशेखर दाईद्वारा लिखित पल्पसा साहित्य .ख्यःले प्रथम पटक प्रकाशित उक्त पुस्तकलाई महाजु फाउण्डेशन, नेवाः जनजागरणको आर्थिक सहयोगमा रामशेखर सहयोग समितिले दोश्रो संस्करण प्रकाशन गरिएको छ ।
    “सिमात फःफःस्व” पुस्तक नेवाः भाषाबाट पहिलो प्रकाशनमा भएको थियो भने हाल सो पुस्तकलाई नेपाली भाषामा अनुवाद गरी दुवै भाषामा प्रकाशन गरेका थिए । अनुवाद गर्ने लेखकहरुमा त्रिरत्न शाक्य, गोविन्दमान श्रेष्ठ, ध्रुव मधिकर्मी, महेन्द्रगोपाल कर्माचार्य, ओमचरण अमात्य, अगिब बनेपाली, केवलप्रसाद कायस्थ र कृष्ण प्रजापति रहेका छन् ।
    कार्यक्रम समितिका उपसंयोजक कृष्णभक्त बोडेले स्वागत गर्नुभएको थियो भने सचिव कृष्ण प्रजापति धन्यवाद दिनुभएको थियो । कार्यक्रम संचालन समितिका सदस्य महेन्द्रगोपाल कर्माचार्यले गरेको उक्त कार्यक्रममा भक्तपुर, काठमाडौं, ललितपुरलगायत अन्य क्षेत्रका कवि, साहित्यकार, संघसंस्थाका प्रतिनिधि एवं समाजसेवीहरुको उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...