News Portal

  • बेलायत नेपाल प्रज्ञा परिषदको अध्यक्षमा डा. अधिकारी,महासचिवमा यादव

    इभक्तपुर संवाददाता
    २६५५ पटक

    बेलायत नेपाल प्रज्ञा परिषदको निर्वाचनबाट आगामी ४ बर्षको लागि डा. कृष्ण अधिकारीको नेतृत्वमा तीन जना मुख्य कार्यकारी पदाधिकारीहरूको निर्विरोध चयन भएको छ। महासचिवमा लण्डन स्कुल अफ इकोनोमिक्सकी डा. पुनम यादव र कोषाध्याक्षमा बर्मिङ्घममा विश्वविद्यालयका डा. फ्रेजर सग्देन निर्वाचित भएका छन् ।

    परिषदले आयोजना गरेको १६ औं नेपाल अध्ययन दिवस (नेपाल कन्फरेन्स) को सिलसिलामा अप्रिल १७ मा दरहम विश्वविद्यालयमा बसेकोसाधारण सभामा निर्वाचन आयुक्तको भूमिका समेत निभाएका परिषदका निवर्तमान अध्यक्ष प्रो. डेविड गेल्नरले उक्त निर्वाचनको नतिजा सार्वजनिक गर्नु भएको थियो ।यस अघि परिषदको कोषाध्यक्षमा डा सेलेन हिटन-श्रेष्ठ रहेकी थिइन् ।

    अक्सोफोर्ड विश्वविद्यालयको मानवशास्त्र विभागका अनुसन्धानदाता डा. अधिकारी नेपाल अध्ययन केन्द्र बेलायतका संस्थापक सदस्य र पूर्व कार्यकारी निर्देशक हुन् । अध्यक्ष बन्नु अघि उनी उक्त परिषद्को महासचिव रहेका थिए । उनी परिषदको चौथो अध्यक्ष हुन् । यस अघि प्रा. सूर्य सुवेदी, प्रा. माइकल हट र प्रा. डेविड गेल्नरले सो पदमा रही सेवा गरि सकेका छन् ।परिषदले प्रत्येक दुई वर्षमा चार वर्षका लागि चार चार जना कार्यकारी सदस्यको निर्वाचन गर्दछ भने तीन जना पदाधिकारी छुट्टै निर्वाचन गर्ने गर्दछ ।

    २३ मे २००० का दिन बेलायतस्थित नेपालसँग सम्बन्धित विभिन्न क्षेत्रमा शोध रुची भएका मानिसहरू तथा प्राज्ञहरूको स्कूल अभ् ओरियञ्टल एण्ड अफ्रिकन स्टडिज (सोआस्) मा भएको एक भेलामा परिषदको गठन गरिएको थियो । बेलायत र नेपालका द्विपक्षीय चासोका विषयमा साझेदारीमूलक अनुसन्धान, आपसी आदन-प्रदानका कार्यक्रम, बार्षिक प्रवचनहरू तथा सेमिनार कार्यक्रमहरू आयोजना गरी बेलायत—नेपालबीच प्राज्ञिक तथा शैक्षिक सम्बन्ध प्रवर्द्धन गर्ने उद्देश्य राखेर परिषदको गठन गरिएको कुरा डा. अधिकारीले जानकारी दिए ।

    परिषदले हरेको बर्ष नेपाल प्रवचन कार्यक्रम आयोजना गर्दै आएको छ र प्रत्येक दुई वर्षमा उक्त प्रवचन दिन नेपालबाट प्राज्ञ ल्याउने गरिएको छ ।गत कार्यक्रममा प्रा. पिताम्बर शर्माले प्रवचन दिनु भएको थियो । त्यसै गरी हरेक बर्ष बेलायतको एउटा विश्वविद्यालयको आतिथ्यमा नेपाल अध्ययन दिवश(नेपाल कन्स्फरेन्स) आयोजना गर्दै आएको छ ।

    यो सालको डा. बेन क्याम्पबेलको आतिथ्यमा दरहम विश्वविद्यालयमा भएको सोह्रौंनेपाल अध्ययन दिवशमा नेपाल, स्पेन, पोल्याण्ड, स्विजरल्याण्ड, स्विडेन, नर्वे, अस्ट्रेलिया, बेलायत लगायत विभिन्न देशबाट आएका शोधकर्ताहरूले नेपालसम्बन्धी विभिन्न विषयमा आफ्नो ताजा अनुसन्धानमा आधारित ३५ वटा कार्यपत्रहरू प्रस्तुत गरेका थिए । कुल ७० जनाको सहभागिता रहेको र दुई प्यानलमा सञ्चालन भएको उक्त कन्फरेन्सको सिलसिलामा लुम्बिनी म्युजियम, १९७७ को हिमालयन एक्पिडिसन्, तिलौराकोट उत्खनन् को बारेमा थप विशेष प्रस्तुति र सेरा तामाङको मुख्य प्रस्तुति रहेको थियो ।

    यो सालदेखि युरोप वा दक्षिण एसियाका कुनै एक विश्वविद्यालयमा भर्ना भै नेपाल वा संसारभरिका नेपालीसँग सम्बन्धी विषयमा विद्यावारिधि गरेका विद्यार्थीहरूका लागि प्रतिस्पर्धात्मक रूपमा छनोट हुने गरी ‘विद्यावारिधि शोधपत्र पुरस्कार’ सञ्चालनमा ल्याइएको जनाइएको छ । परिषदका अनुसार सन् २०१८ को पुरस्कार कोपनहेगन विश्वविद्यालयकी डा. मरिना क्रोजेनेभिकाले प्राप्त गरेकी छन् ।

    आगामी २०१९ को नेपाल अध्ययन दिवश एडिनबरा विश्वविद्यालयमा र २०२० को कार्यक्रम युसिएल लण्डनमा आयोजना हुनेछ भने २०१८ को सोह्रौं नेपाल प्रवचन जर्मनको बेलेफेल्ड विस्वविद्यालयकी प्राध्यापक जोअना पाप्फ-जार्नेकाले दिने १ नोभेम्बरको साझ सोआस्, लण्डन दिने जनाइएको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...