News Portal

  • ६० वर्षे शाशन ढाल्दै मलेसियाको प्रधानमन्त्रीमा महाथिरको पुनरोदय: शपथग्रहणमा विदा

    इभक्तपुर संवाददाताभक्तपुर, २८ बैशाख
    ८५३ पटक
    भक्तपुर, २८ बैशाख

    मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मद नेतृत्वको विपक्षी गठबन्धनले आम निर्वाचनमा ऐतिहासिक जीत हासिल गरेको छ । ६० वर्षसम्म सत्तामा रहेको पार्टी बारिसन नेशनल (बीएन)लाई हराएकाले अब महाथिर पुनः प्रधानमन्त्री बन्नेछन् ।

    मोहमदले सन् १९५७ देखि निरन्तर सत्तामा रहेको दललाई आम चुनावमा हराउँदै राजनीतिक पुनरागमन गरेका छन्। सरकार बनाउन ११२ सिट आवश्यक हुने ठाउँमा ११५ सिट जित्दै पूर्व प्रधानमन्त्री महातिर मोहम्मद नेतृत्वको विपक्षी गठबन्धनले आम चुनावमा ऐतिहासिक जित निकालेको हो।

    ९२ वर्षिय मोहम्मद नेतृत्वको गठबन्धनले गएको ६० वर्षदेखि सत्तामा रहेको बारिसन नेशनल (बिएन) गठबन्धनलाई हराएको हो। महाथिरले कुनै समयमा वर्षौ आफूले नेतृत्व गरेको बारिसन नाशिओनल पार्टी र आफैंले हुर्काएका नेता नजिब रजाकलाई चुनौती दिन राजनीतिबाट अवकाश लिने निर्णय फिर्ता लिएका थिए।

    प्रधानमन्त्री नजिबको कार्यकाललाई लामो समयदेखिका भ्रष्टाचारका आरोपले छायाँमा पारिदिएको थियो। उनको शासनकालमा मलेशियाली नागरिकहरूले बढ्दो जीविकोर्पजन खर्च व्यहोर्नुका साथै जातीय तनावहरू पनि खेपेका थिए। बिबिसीका अनुसार मलेसियाबारेका एकदमै जानकार कैयौं विश्लेषकहरूका लागि समेत पछिल्लो चुनावी परिणाम आश्चर्यको विषय बनेको छ।

    बिएन र यो गठबन्धनको प्रमुख पार्टी, संयुक्त मलेसिया राष्ट्रिय संगठन (युएनएनओ) सन् १९५७ मा बेलायतबाट देश स्वतन्त्र भएदेखि नै सत्तामा थियो। तर गएको केही वर्षदेखि उसको लोकप्रियता घटेको थियो। महाथिरको जितले देश स्वतन्त्र भएदेखि सरकारको नेतृत्व गरिरहेको पार्टीको शासनकाल अन्त्य गरिदिएको छ।

     शपथग्रहणमा सार्वजनिक विदा

    शपथग्रहण समारोह आउँदो बिहीबार हुने छ । शपथ ग्रहण गरेपछि ९२ वर्षीय महाथिर विश्वकै सबैभन्दा वृद्ध निर्वाचित नेता बन्नेछन् । शपथ ग्रहण समारोहको दिन मलेसियामा सार्वजनिक विदा दिइएको छ ।

    जीतपछि पत्रकारहरुसँग कुरा गर्दै महाथिरले भनेका छन्, ‘हामीलाई कुनै प्रकारको बदलाव चाहिएको होइन, हामी त कानुनको शासन लागू गर्न चाहान्छौं ।’

    बिगतमा महाथिर नजिब रजाक नेतृत्वकै पार्टीको सदस्य थिए । नजिबको राजनीतिक गुरु पनि थिए । तर, उनले पछि भ्रष्टाचारलाई साथ दिने पार्टीमा नरहने भन्दै अलग्गिएको घोषणा गरेका थिए ।

    यसअघि पदबाट हट्दा मलावीका पूर्व राष्ट्रपति हेस्टिङ्स बन्डा ९६ वर्षका थिए। त्यसै गरी अघिल्लो साल जिम्बाव्वेका नेता रोबर्ट मुगाबेले ९३ वर्षको उमेरमा पदबाट राजीनामा दिएका थिए।

    प्रतिकृया दिनुहोस्

    पहिलो पटक प्रधानमन्त्रीको बिपक्षमा मतदान गरेको नेमकिपा यसपटक तटस्थ

    एउटै कार्यकालमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुईपटक बिश्वासको मत लिएका छन् । पहिलो पटक विश्वासका...

    युट्युब च्यानललाई कारबाही गर्न प्रहरी र युट्युब कम्पनीलाई पत्राचार गर्दै प्रेस काउन्सिल

    प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिताको चरम उल्लङ्घन गर्ने ३५ वटा युट्युब च्यानललाई विशेष अनुगमनमा राखेको...

    शुक्रबार सम्म मन्त्रीपरिषद बिस्तार

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार सम्म मन्त्रीपरिषद बिस्तार गर्ने भएका छन् । बिश्वासको मत पाएपछि...

    शब्द चयन नमिलेको सभामुख घिमिरेको स्वीकारोक्ति, संसद र प्रेसबीच सुमधुर सम्बन्ध हुनुपर्ने जोड

    प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसद र प्रेससँगको सम्बन्ध सुमधुर हुनु पर्नेमा जोड दिए ।...

    स्ववियु निर्वाचनमा झडप नियन्त्रण गर्न हवाई फायर

    बाजुराको बूढीनन्दा नगरपालिका -२ कोल्टीस्थित बूढीनन्दा क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा झडप भएको छ...