News Portal

  • प्रम मोदीको हत्या गर्ने षड्यन्त्र भएको गृहमन्त्री सिंहको खुलासा

    नेपालवाल संवाददाताकाठमाडौँ, २५ जेठ
    ७५३ पटक
    काठमाडौँ, २५ जेठ

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई माओबादीले मार्न योजना बनाइरहेको बताइएको छ । गृहमन्त्री राजनाथ सिंह स्वयमले उक्त कुरा बताएका हुन् ।

    प्रधानमन्त्री मोदीप्रति विद्रोही शक्तिमा रुपमा रहेको भारतीय कम्युनिष्ट पार्टी (माओवादी) ले हत्याको षडयन्त्र गरिरहेको खुफिया सूचना प्राप्त भएको गृहमन्त्री सिंहले शुक्रबार खुलासा गरेका छन् ।

    सरकार सुरक्षाप्रति संबेदनशील भएको भन्दै सिंहले बिद्रोहीहरुको यो अभिष्ट कदापी पुरा हुन नसक्ने समेत बताए ।

    “हामी प्रधानमन्त्रीको सुरक्षाका बारेमा सधै गम्भीर छौं, माओवादीहरूले हार्ने लडाई लडिरहेका छन्, उनीहरू अहिले दश जिल्लामा मात्रै सक्रिय छन्,” जम्मु र काश्मिरको दुई दिने भ्रमणका क्रममा रहेका सिंहले शुक्रवार जम्मुमा आयोजित पत्रकार सम्मेलनमा भने ।

    पूर्व प्रधानमन्त्री तथा नेता राजीव गान्धीको हत्या गरे जसरी नै प्रम मोदीको हत्या गर्ने षड्यन्त्र भैरहेको भारतीय संचार माध्यमहरुमा खबर छ ।

    प्रतिकृया दिनुहोस्

    सैनिक स्कूल पछाडी लागेको लागो नियन्त्रणमा

    भक्तपुरको सल्लाघारीस्थित सैनिक स्कूल पछाडी लागेको आगो नियन्त्रणमा आएको छ ।बेलुकी अचानक लागेको आगो नियन्त्रणमा...

    न्यौपानेका कृतिहरूमा साहित्यिक पत्रकार संघको परिचर्चा

    काठमाडौं । साहित्यिक पत्रकार संघको आयोजनामा आज यहाँ भएको साहित्यकार वेदकुमारी न्यौपानेका कविता र नाट्यकृतिहरूको...

    भक्तपुरमा पत्रकार महासंघको सदस्यताका लागि आवेदन दिएका ३७ मध्ये ७ मात्र सिफारिस

    नेपाल पत्रकार महासंघले देशव्यापीरुपमा चलाएको सदस्यता शुद्धीकरण अभियानको प्रभाव भक्तपुर शाखामा पनि परेको छ ।...

    ओलीलाई फेरि अध्यक्ष बन्ने बाटो खुल्ला

    प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई पुन: अध्यक्ष बन्न बाटो खुलेको छ...

    प्रहरी परिसर भक्तपुरकी इन्स्पेक्टर खनाल डिएसपीमा बढुवा सिफारिस

    नेपाल प्रहरीका ४६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रहरी नायब उपरीक्षक (डिएसपी)का लागि बढुवा सिफारिस भएका...