News Portal

  • प्रधानमन्त्री ओलीले सात मिनेटमै लेखे यस्तो भावुक कविता

    नेपालवाल संवाददाताकाठमाडौं, ३२ असार
    ११८८ पटक
    काठमाडौं, ३२ असार

    परिवर्तनशील दुनियाँमा सँधै बाँचेको को छ र ?
    बाँचुञ्जेल हो जिन्दगी मर्नु त छँदैछ
    मरे पनि केही छैन त्यसपछि पनि सपना देख्न पाइयो कमसेकम
    सगरमाथा, लुम्बिनी, मेची र महाकाली
    हाम्रा लहलह खेतबारी, झपक्क कान्ला र आली
    सपनामा भए पनि देख्न पाउँ
    चन्द्रागिरिको डाँडोमा आएर सपनामा
    भावी सन्तति मुस्कुराइरहेको देख्न पाउँ
    तिनको हँसिलो मुहारको तस्बीर खिच्न पाउँ
    मरे पनि केही छैन त्यसपछि पनि सपना देख्न पाउँ ।

    ऐतिहासिक महत्वकोे चन्द्रागिरी पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीले मर्मस्पर्शी कविता लेखेका छन् । समृद्धीको सपना बोकेका प्रधानमन्त्री ओलीले ‘मरे पनि केही छैन त्यसपछि पनि सपना देख्न पाउ’ भन्दै कविता लेख्दा चन्द्रागिरीको वाताबरण नै काव्यीक बनेको थियो । जसरी प्रधानमन्त्री केपी शर्मा ओली आफ्ना कविता सहित हलमा उपस्थित भए । हल तालीले गडगडाहट भएको थियो ।

    भाषणका क्रममा बीच बीचमा मिठासपूर्ण टुक्का मिसाएर स्रोतालाई मन्त्रमुग्ध पार्ने प्रधानमन्त्री केपी शर्मा ओलीले शीर्षक बिनाको एक राष्ट्रवादी कविता लेखे । आइतबार ७ मिनेटमै कविता लेखेर चन्द्रागिरी हिलको सभाहलमा उनले माथिका कविताका पंक्ति सुनाउँदा सभाहल तालीले गडगडाहट भयो ।

    कार्यक्रम सञ्चालक देवी नेपालले प्रधानमन्त्री ओलीलाई मञ्चमा बोलाउँदै गर्दा पूर्व कविको रुपमा समेत चित्रित गरेका थिए । मदन भण्डारी कला साहित्य प्रतिष्ठानले भानुभक्तको २०५ औँ भानु जयन्तीका अवसरमा गरेको तीनदिने हिमवत खण्ड साहित्य कला सम्मेलनको समापनका अवसरमा प्रधानमन्त्री ओलीले चन्द्रागिरीमै कविता लेखेर वाचन गरेका हुन् ।

    कविता वाचनपछि प्रधानमन्त्री ओलीले भने– ‘आउँदा आउदै उहाँहरुले एउटा टेबल र कुसीमा राखिदिनुभयो । अनि कागज दिनुस् भने, कागज दिदिनुभयो। कलम दिनुस् भने चन्द्र ढकालले कलम दिनुभयो । अस्ति म पनि लेखौंला भनिहालें तर लेख्नुपर्ला भनेर सोच विचार नै गरेको थिइन् । कविता नलेख्ने तर भावना लेख्ने भएकोले छन्द न बन्दसँग लेखिहालेँ ।’

    उनले ठट्टा गर्दै भने– ‘यो पनि कविता भयो भने चल्यो अब’ कार्यक्रममा उनले अब फेरी परिवर्तन भन्दा पनि नयाँ सिर्जना गर्ने बाटोमा जानुपर्ने बताए । उनले सरकार कुनै एउटा क्षेत्रको विकास भन्दा पनि सवै पक्षको समृद्धि र रुपान्तरणको दिशामा अघि बढिरहेको उल्लेख गरे । उनले कला साहित्यले मान्छेमा चेतना अभिबृिद्ध गर्ने बताउँदै समाज रुपान्तरणका लागि कला साहित्यको विकासमा सरकार तत्पर भएको बताए । उनले भाषा संस्कारलाई हामीले कहिल्यै छोड्न नसक्ने बताउँदै कला साहित्य संस्कृति संरक्षणका लागि सरकार कलाकार, साहित्यकारको साथमा रहेको उल्लेख गरे । आफु ३ दिनदेखि सम्मेलनमा सहभागी हुनु त्यसैको प्रमाण भएको उनको तर्म थियो ।

    उनले नेपाली भाषा संस्कृतिको संरक्षणक लागि स्वदेशी तथा विदेशीमा रहेका सम्पूर्ण नेपालीहरुलाई आग्रह पनि गरे । यस प्रकारको कार्यक्रम आगामी दिनमा पनि गर्न सुझाव दिए । उनले भने– ‘यो पहिलो र अन्तिम सम्मेलन नबनोस, बरु पहिलो होस । मैले नै यो सम्मेलन गर्न भनेको हुँ, अर्को पटक फेरी आयोजना गर्न माटोमुनी बिउ रोपेर राख्नुस ।’ ३ दिनसम्म आफूले कविता सुनेको भन्दै आलोचना गर्नेहरुलाई उनले भने– ‘कविता भैसीले सुन्दैन, कविता सुनायो भनेपनि उग्राएर बस्छ’ ३ दिन सम्म चलेको हिमवत खण्ड कला साहित्य सम्मेलनमा १३ देशमा ४३ प्रतिनिधि नेपाल आएका थिए ।

    सम्मेलनमा हिमवतखण्डमा कला साहित्यको विकास, शान्ति स्थापना सहितका प्रतिबद्धतासहित १५ बुँदे चन्द्रागिरि घोषणापत्र जारी गरिएको छ । सम्मेलनमा स्वदेश तथा विदेशमा रहेका ३ सय हाराहारी साहित्यकार सहभागी भएका थिए । कार्यक्रमको अन्तिम कार्यक्रमको व्यवस्थापन चन्द्रागिरी हिल्सले निःशुल्क रुपमा गरेको थियो । कार्यक्रममा स्वदेश तथा विदेशमा रहेका नेपाली साहित्यकारहरुले कविता वाचन गरेका थिए ।

    मृगौला प्रत्यारोपणपछि उपचारमा निरन्तरतामा रहेका प्रधानमन्त्री ओलीले बेला बेखतको आफनोे सम्बोधनमा आयुसम्बन्धी प्रसंग निकाल्ने गरेका छन । प्रदेश नम्बर तीनको प्रदेशसभामा समेत प्रधानमन्त्री ओलीले आफनो शरीर पार्टपूर्जा जोडेर जिवीत रहेको भन्दै केही राम्रो काम गर्ने बताएका थिए । ‘आयुको सीमा हुन्छ, तर इमानको सीमा हुदैन’ तसर्थ इमान बेचेर काम गर्न हुदैन भन्दै आफना सांसदहरुलाई इमान बेचेर काम नगर्न समेत ओलीले निर्देशन दिएका थिए । आइतबार साहित्यकारसंग चन्द्रागिरीमा पगेका प्रधानमन्त्री ओलीले ७ मिनेटमा १० लाइनको कविता लेखे । प्रधानमन्त्री ओलीले मरेपछि पनि सपना देख्न पाउ भन्दै यसरी कबिता सुनाए ।यसोत ओलीलाई नेपाली राजनीतिमा सपना देखाउने नेताको रुपमा लिइन्छ । ओलीले पानी जहाज, रेल, हावाबाट बिजुली र देश संवृद्ध बनाउने सपना निरन्तर देखाईरहेका छन । प्रदेश नं १ का कवि टीका आत्रेयले कविता वाचन गर्न थाल्नुअघि नै चन्द्राागिरिको भालेश्वरको काखमा रहेको सभाहल काव्यिक गुञ्जन सिञ्चन भइसकेको थियो ।

    यसरी कविहरु मुलुकलाई समृद्धीको दिशातिर डोर्याउन आग्रह गरिरहेका थिए । प्रधानमन्त्री केपी शर्मा ओली र स्वदेश विदेशका वरिष्ठ साहित्यकारहरु सातै प्रदेशका प्रतिनिधि कविका समृद्धिका स्वरमा आफना कानलाई अडेस लगाई रहेका थिए । आफूले देखेको “समृद्ध नेपाल, सुखी नेपाली” को सपनालाई स्रष्टाका सिर्जनात्मक कविताका रुपमा चन्द्रागिरिबाट समृद्धिका स्वर” सिर्जना यात्रामा प्रधानमन्त्री ओलीले अनुभूत गरेका देखिन्थे । कविता वाचन हुनुपूर्व पर्यटकीयस्थल चन्दागिरिको भालेश्वर मन्दिर अवलोकन र नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेर स्रष्टाहरुलाई शुभकामना दिदै प्रधानमन्त्री ओलीले हरेक नेपालीले कर्म मौरी झैँ समृद्धिको लागि काम गर्न आग्रह गरेका थिए ।

    नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको २०५ औं जन्मजयन्तीका अवसरमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आयोजना गरेको त्रिदिवसीय वृहत हिमवत् खण्ड कला साहित्य सम्मिलन २०७५ को अन्तिम दिन स्रष्टाहरु चन्दागिरि सिर्जनायात्रामा भेला भएका थिए । सम्मिलन आयोजनाका परिकल्पनाकार प्रधानमन्त्री ओली पहिलो र अन्तिम दिन स्रष्टाहरुको साथ रहे । छिनछिनमा परिवर्तन हुने चन्द्रागिरिको वातावरणलाई नियाल्दै नया समृद्धिको सपना देख्ने कविहरुले घाम, पानी, कुहिरोको दृष्यलाई पृष्ठभागमा राखेर हिमाली संस्कृति र सभ्यताको झलक पनि प्रस्तुत गरेका थिए ।

    सम्मिलनमा सहभागी विदेशी स्रष्टाहरुले पनि आफना रचना प्रस्तुत गरेका थिए । भुटानका छत्रपति फुयाँल, भारत सिलगडीका ज्ञानेन्द्र खतिवडा र कालुसिंह रणपहेँली, दार्जि्लिङ्का कर्ण विरह, खस्र्याङ्की उषाकिरण सत्यदर्शी, आसामका विष्णु शास्त्रीलगायत बंगलादेश, थाइल्याण्डलगायत मुलुकका सहभागी कविले कविता प्रस्तुत गरेका थिए । सम्मेलनमा चन्द्रागिरि घोषणापत्र समेत जारी गरियो ।

    प्रतिकृया दिनुहोस्

    मंगलवार बेलुकी गठबन्धनको बैठक बस्ने, मन्त्रिपरिषद् विस्तार गर्न छलफल गरिने

    मंगलबार सत्तारुढ गठबन्धनको बैठक बस्ने भएको छ । मन्त्रिपरिषद् विस्तारका लागि छलफल गर्न मंगलबार अपरान्ह...

    हस्तलिखित भित्रेपात्रोमार्फत नेपाल चिनाउँदै

    १९ भाषामा प्रकाशित मित्रवनको गुफा नामको बालउपन्यासका लेखक तथा चित्रकार धीरजनाथ अमात्य अद्वितीय छन् ।...

    नवलपरासीमा गाडिएको अवस्थामा बम भेटिए

    पूर्वी नवलपरासीको बिनयीत्रिबेणी गाउँपालिकाको सर्दीमा शनिवार बिहान बेवारिसे अवस्थामा बम फेला परेको छ । विनयी...

    माओवादी समाजवादीको एकता हल्ला मात्रै : बुढाथोकी

    नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजीत बुढाथोकी ‘सुशील’ ले आफ्नो पार्टीको कसैसँग एकता नभएको बताएका छन्...

    Nepal Eco Panel has emerged as the best option for constructing school buildings

    Nepal Eco Panel has emerged as the best option for constructing school buildings quickly and...