News Portal

  • अमेरिकामा सङ्कटकालको घोषणा

    नेपालवाल संवाददाताकाठमाडौं, २८ भदाै
    १२६५ पटक
    काठमाडौं, २८ भदाै

    संयुक्त राज्य अमेरिकाले आफ्नो तीन राज्यमा आपतकालीन स्थितिको घोषणा गरेको छ । आँधीबेहरी आउनु अगावै सम्भावीत क्षतीबाट आत्तिएको अमेरिकाले आपतकालीन स्थितिको घोषणा गरेको हो ।

    बिहीबार साँझ वा शुक्रबार बिहानसम्ममा फ्लोरेन्स नामक शक्तिशाली आँधीबेहरीले दक्षिण पूर्वी क्षेत्रमा तहसनहस पार्ने मौसमविदहरुको निष्कर्ष निकालेपछि त्यस क्षेत्रमा संकटकाल घोषणा गरिएको त्यहाँका संचारमाध्यमहरुले जनाएका छन् ।

    आँधीबेहरीका कारण अमेरिकाको नर्थ क्यारोलिना, साउथ क्यारोलिना र भर्जिनियामा अकल्पनीय दुर्घटना हुनसक्ने बताइएको छ । २ सय १५ किमी प्रतिघन्टाको गति हुने अनुमान गरिएको यस आधीहुरीले बिजुलीका खम्बा ढाल्ने , तार छिन्नभिन्न बनाउने, आगलागी गराउने र तटमा १३ फुट अग्लो छाल गराइ सामुन्द्रिक तटमा ब्यापक क्षती पुर्याउने अनुमान छ ।

    तटीय क्षेत्रमा बस्दै आएका करीव २० लाख मानिसहरु यसबाट प्रत्यक्ष प्रभावीत हुने भन्दै सरकारले सुरक्षित स्थानमा सार्नेक्रम जारी राखेको छ भने त्यहाँ उच्च सतर्कता अपनाइएको दावी गरिएको छ ।

    यस्तो खतरनाक आँधीहुरी यस अघि करीब २० बर्ष अगाडी पनि आएको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    नयाँदिल्ली पुगेका प्रधानमन्त्री प्रचण्डको राजनीतिक भेटवार्ता शुरु

    तेस्रो कार्यकाल सम्हालेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड औपचारिक भ्रमणका लागि भारत पुगेका छन् । उनले...

    दुवाकोटस्थित गोल्डेन सुनगाभा स्कूलले नमूना संसद चलाउने

    sungava school

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. २ दुवाकोटस्थित गोल्डेन सुनगाभा स्कूलले नमूना संसद अभ्यास गर्ने भएको...

    पूर्व सचिव उपाध्यायको स्टाटसप्रति पूर्वमन्त्री महेश बस्नेतको आपत्ति

    नेपाल सरकारका पूर्वसचिव भिम प्रसाद उपाध्यायले सामाजिक संजालमा राखेको स्टाटसप्रति पूर्व मन्त्री समेत रहेका नेकपा(एमाले)...

    साना करदातालाई राहत : वार्षिक १ करोडसम्म कारोबार गर्नेले मासिक विवरण पेश गर्नु नपर्ने

    chicken station radheradhe

    साना करदातालाई बजेटले राहत दिएको छ । मूल्य अभिवृद्धि कर(भ्याट) मा दर्ता भई वार्षिक एक...

    १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट प्रस्तुत (पूर्णपाठ सहित)

    सरकारले आर्थिक वर्ष २०८०/०८१ का लागि १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट प्रस्तुत गरेको छ...