बारुदको प्याला फेरि धोकूँ जस्तो लाग्छ
गोमन साँपको ढाड फेरि ठोकूँ जस्तो लाग्छ ।
कालो मेघ गर्जिएर वर्षा हुन लाग्दा
तूफानलाई फेरि पनि रोकूँ जस्तो लाग्छ ।
कोहि बाच्ने कोहि मर्ने खेल खेल्या देख्दा
पाप पूण्य कति भयो ? जोखूँ जस्तो लाग्छ ।
गरीब चुस्ने भूतहरु फेरि जाग्न लाग्दा
बाँकी रगत फेरि पनि पोखूँ जस्तो लाग्छ ।
-अनुपम थामी