News Portal

  • बुनुको मारुनी गीतमा बनेको म्यूजिक भिडियो सार्वजनिक

    काठमाडौँ, ४ फागुन
    १२४४ पटक
    काठमाडौँ, ४ फागुन

    गायिका बुनु श्रेष्ठको मारुनी गीत ‘मलाई मेरै नेपाली’ को म्यूजिक भिडियो एक कार्यक्रम बीच सार्वजनिक भएको छ । कार्यक्रममा विभिन्न संगीतकर्मी, कलाकार एवं पत्रकारहरुको उपस्थिति रहेको थियो। कार्यक्रमलाई गायक तथा पत्रकार कपिल कसपाल ले संचालन गरेका थिए ।

    प्रमोद कोईरालाको शब्द तथा संगीत रहेको मारुनी गीतलाई महाराज थापाले एरेन्ज गरेका हुन् । पशुपति श्रेष्ठको छायाँकन तथा निर्देशनमा निर्माण भएको भिडियोमा मोडल साक्षी लम्साल, क्रिस्टिना केसी, गरिमा र आयुष्मान राजभण्डारी फिचरिङ छन् ।

    बिनोद रञ्जितको कोरियोग्राफी रहेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् । भिडियोमा नेपाली मौलिकता झल्कने नृत्य तथा दृष्यहरु छायाँकन गरिएको छ । गायिका श्रेष्ठ उक्त गीतबाट लोप हुँदै गएको नेपाली कलासंस्कृतिको जगेर्नामा केहि योगदान पुग्नेमा आशावादी छिन् भने गीतका रचनाकार तथा संगीतकार प्रमोद कोईराला उक्त गीत आफ्नो सांगितिक यात्राका लागि महत्वपूर्ण भएको बताउँछन् ।

    गायिका बुनु श्रेष्ठको आफ्नै स्टुडियो साउण्ड मिलमा रेकर्ड भएको गीतलाई महेश्वरमान राजभण्डारीले मिक्सिङ तथा मास्टरिङ गरेका हुन् । गीतमा वाद्यवादकहरु कुमार महाराज र भुवन गन्धर्वले ढोलक, तबला र मादल, अनुप दासले बेस गिटार, सञ्जिव बराईलीले लिड गिटार, गोपाल देवले बाँसुरी र कमल कुमार बि.क.ले सारङ्गी बजाएका छन् ।

    गायिका श्रेष्ठ उक्त गीतबाट लोप हुँदै गएको नेपाली कलासंस्कृतिको जगेर्नामा केहि योगदान पुग्नेमा आशावादी छिन् । करिब १२ वर्षको अन्तरालपछि नेपाली संगीत क्षेत्रमा कमब्याक भएकी गायिका श्रेष्ठ पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ नयाँ गीतहरु सार्वजनिक गर्दैछिन् । उनले यसअघि मात्रै ‘छ कि छैन’, ‘भगवान मेरो (प्रायश्चित)’ लगायतका गीतहरु सार्वजनिक गरिसकेकी छिन् ।

    हेर्नुस् भिडिओ

    https://youtu.be/wpph2LDjTO8

     

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...