News Portal

  • पर्खाई

    पशुपति थापा
    ४५२२ पटक
    पशुपति थापा

    एक वफादार कुकुरले
    आफ्नो प्रिय मालिकलाई
    रेल स्टेसनमा जीवनभर पर्खेजस्तो,
    चखेवा आफ्नी चखेवीको
    मृत्युवेदनाले छट्पटीएजस्तो,

    तिम्रो केबल एक पर्खाइमा छटपटिएको छु ।

    तिमिलाई थाहा नै छ,
    मानिस आफ्नो प्राणप्रती कति आसक्त हुन्छ
    जति आसक्त आफ्नो सपनाप्रती हुन्छ ।
    र, म तिमीप्रती छु ।

    यादहरुको चिमोट्याई मीठो  लाग्छ
    मिठो त लाग्छ सुरुवाती क्षण
    तर म वर्तमान देखि त्रसित छु ।
    जति छैन भविष्यबाट
    यो मानेमा कि हाम्रो सुदुर भविष्य सुन्दर छ ।
    कम्तिमा तिमी जत्तिकै ।

    पर्खाई अत्यास लाग्दो छ,
    पर्खाई उदेक लाग्दो छ ।
    यहाँ,
    मानौँ अत्यास र उदेक हिलो हुन्,
    तिमी कमलको फूल हौ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...