News Portal

  • मलामी माथि आइपर्यो आपत : ६५ जनाकै भयो एक चिहान

    भक्तपुर, १३ साउन
    १९९२ पटक
    भक्तपुर, १३ साउन

    तस्वीर : द न्युयोर्क टाइम्स

    नाइजेरियामा एक जनाको अन्तिम संस्कारको लागि सहभागी भएका कम्तिमा ६५ जनाको एक चिहान भएको छ । अन्तिम संस्कार सकाएर फर्कने बेलामा आतंकवादी समूहले आक्रमण गरेपछि उनीहरुको मृत्यु भएको हो ।

    गत शनिवार भएको उक्त घटनामा कम्तिमा ६५ जनाको हताहती भएको द न्युयोर्क टाइम्सले जनाएको छ । नाइजेरियाको उत्तरपूर्वी राज्य बोर्नोमा आतंकवादी समूहले अन्धाधुन्ध गोली बर्साएपछि मलामीहरु पनि जाइलागेका थिए तर निहत्था उनीहरु आतंकवादी समूहको शिकार हुन पुगे ।

    स्थानीय सरकारका अध्यक्ष, मोहम्मद बुलामाले त्यहाको टेलिभिजनमा दिएको जानकारी अनुसार शनिवार मलामीबाट फर्कने क्रममा २१ जना मारिएका हुन भने ४४ प्रतिरोध गर्दागर्दै पनि मारिएका हुन । प्रहरीका अनुसार हमलावार मोटरसाइकल र भ्यानमा आएका थिए । दशकौंदेखि जारी आतंकवादी हमलामा परेर १० लाखको ज्यान गइसकेको छ ।

    सर्वसाधारणमाथि नाइजेरियाको आतंकवादी समूह बोको हरामले गोली बर्शाएको आशंका गरिएको छ । गत दुईसाता अघी सोही गाउँमा भएको मुठभेडमा बोको हरामका १ दर्जन कार्यकर्ताको मृत्युको बदला लिन यो आक्रमण गरिएको हुनसक्ने आकलन गरिएको छ । यद्यपी द न्युयोर्क टाइम्सका अनुसार उक्त इस्लामिक समूहले घटनाको जिम्मेवारी लिएको छैन ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...