News Portal

  • पाकिस्तानको रावलपिन्डीनजिकै सेनाको विमान दुर्घटना हुँदा घरहरुमा आगलागी : १७ ज्यान गयो

    भक्तपुर, १४ साउन
    ९९० पटक
    भक्तपुर, १४ साउन

    तस्वीर : रेडियो पाकिस्तान

    मित्रराष्ट्र पाकिस्तानको रावलपिन्डीनजिकै रहेको एक आवासीय क्षेत्रमा सेनाको विमान दुर्घटना हुँदा कम्तीमा १७ जनाको ज्यान गएको छ । राजधानी इस्लामाबाद नजिक रहेको शहर रावलपिन्डीमा पाकिस्तानी सेनाको मुख्यालय रहेको छ ।

    स्थानीय संचार माध्यमले जनाए अनुसार सैन्य तालिमका लागि उडाइएको उक्त विमान मंगलवार विहानै आवासीय क्षेत्रका घरहरुमा ठोक्किएको थियो । दुर्घटनाग्रस्त विमानमा लागेको आगो केही घरहरूमा पनि सल्किएको थियो।

    सरकारी संचार माध्यम रेडियो पाकिस्तानका अनुसार उक्त दुर्घटनामा मृत्यु हुनेमा २ जना पायलट, ५ आर्मी स्टाफ र १० सर्वसाधारण मानिस सहित १७ जना पुगेका छन्। त्यसैगरी १२ जना घाइते भएका छन् । सेेनाले उनीहरुको उपचारमा कुनै कसर बाँकी नराख्ने बताएको छ ।

    त्यहाँबाट प्राप्त तस्बिरमा धुँवाले कालो भएका भवनहरूको भग्नावशेष र नजिकै रहेको घरको छतमा विमानको अवशेष देखिएको छ ।

    सन् २०१० मा पनि इस्लामाबाद नजिकै विमान दुर्घटना हुँदा १ सय ५२ जनाको मृत्यु भएको थियो। त्यो नै पाकिस्तानमा भएको सबैभन्दा डरलाग्दो विमान दुर्घटना थियो ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...