News Portal

  • नगरकोटीको ‘सन्नाटाको लय’ सार्वजनिक

    काठमाडौं, ७ भदौ
    १२८९ पटक
    काठमाडौं, ७ भदौ

    कवि नरेन्द्र कुमार नगरकोटी‘सन्नाटाको लय’ लिएर आएका छन् । उनको पहिलो कवितासंग्रह ‘सन्नाटाको लय’ शुक्रबार सार्वजनिक भएको छ ।

    शुक्रवार अनामनगरस्थित मण्डला थियटरमा कविताका विज्ञ र पारखीहरुका बीच ‘सन्नाटाको लय’ सार्वजनिक भएको हो । कवि विप्लव प्रतीक, आख्यानकार विजय सापकोटा र समालोचक प्रा. ज्ञानु अधिकारीले संग्रहको संयुक्तरुपमा लोकार्पण गरेका हुन्।

    उक्त अवसरमा बोल्दै प्रा ज्ञानु अधिकारीले कविता संग्रहबारे बुझ्न पुस्तकको नामै काफी भएको बताइन । ‘सन्नाटाको लय’ले आफ्नो मनमस्तिष्क हल्लाइदिएको खुलासा गर्दै उनले कवि नगरकोटीका काव्यिक बिम्बहरुको तारिफ गरेकी थिइन् । अधिकारीले संग्रहमा संग्रहित २८ कविता सबै शसक्त रहेको र कविले सरल शब्द मार्फत नै बिशाल सामाजिक क्रान्ति ओकलेको अर्थ्याएकी थिइन् ।

    शिक्षण पेशामा एक दशक काम गरी हाल बाल उदय मासिक पत्रिकाका प्रकाशक तथा सम्पादक समेत रहेका नगरकोटीले कविता यात्रा मार्फत अप्ठ्यारो बाटो रोजेको भन्दै आख्यानकार विजय सापकोटाले नगरकोटीसँग करिब २ दशक अघिदेखिको सम्बन्ध र सहयात्राबारे स्मरण गरेका थिए । शिक्षा र साहित्यको क्षेत्रमा पाउने भन्दा गुमाउने कुरा धेरै भएको भन्दै सापकोटाले कविता लेख्नेहरुको भीडमा नगरकोटीले पहिलो संग्रह बाटै आफूलाई अब्बल सावित गरेको जिकिर गरे । उनले नगरकोटीको लेखन शैलीबाट आफू सधै प्रभावित रहेको समेत स्मरण गरेका थिए ।

    कार्यक्रममा कवि विप्लव प्रतीकले कविताको ६ लाइनले सयौ लाइनको भाव बोक्न सक्ने भन्दै कविता साहित्यको सशक्त विधा भएको र नरेन्द्र त्यसको अझ सशक्त सर्जक भएको बताए । उनले नगरकोटी जस्ता कविकै कारण कविताको ओझ बढ्ने र गरीमा कायम रहनेमा जोड दिंदै काव्यिक निरन्तरताका लागि उत्साहित गरेका थिए ।

    कार्यक्रममा कवि नगरकोटीले पहिलो प्रसव पिडा पश्चात प्राप्त ‘सन्नाटाको लय’ ले आफूलाई आनन्दित गराएको र यसको साझी बस्न आएका काव्यिक मनहरुप्रति अनुगृहित रहेको भावना व्यक्त गरेका थिए ।

    उक्त अवसरमा कवि नगरकोटीले कविता संग्रहमा संग्रहित कविताहरु मध्ये ‘सन्नाटाको लय,’ ‘ढुकढुकीको आवाज’ र ‘मार्च ८ मा बाको सम्झना’ बाचन गरेर सुनाएका थिए ।

    कविता संग्रह ‘सन्नाटाको लय’ लाई शाब्दिक बुकले प्रकाशनमा ल्याएको हो। पुस्तकको मूल्य १ सय ९९ रुपैयाँ रहेको छ।

     

     

    प्रतिकृया दिनुहोस्

    भक्तपुरकै जेठो साहित्य मन्दिरको साधारण सभामा संस्थापक कायष्ठ सम्मानित

    भक्तपुरकै जेठो एवं देशकै पनि एक पुरानो र प्रतिष्ठित साहित्यिक संस्था नेपाल साहित्य मन्दिरको १३...

    सल्लाघारीमा चैत २३ देखि ११ दिनसम्म महोत्सव

    नयाँ वर्ष एवं बिस्का पर्वको अवसरमा भक्तपुरमा हुँदै आएको औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सवले...

    प्रकाश ‘माइला’ को ‘साइकलमा सल बेरियो’

    अनेसास केन्द्रीय कार्यसमितिका निवर्तमान अध्यक्ष तथा साहित्यकार प्रकाश पौडेल ‘माइला’को शब्द तथा वसन्त र अस्मिताको...

    पदम विश्वकर्मा साहित्य प्रतिष्ठानद्वारा ‘प्रतिबन्ध’ प्रकाशन तथा पुरस्कार वितरण

    पदम विश्वकर्मा साहित्य प्रतिष्ठान तथा नेपाल दलित तथा संस्कृति प्रतिष्ठानको आयोजनामा प्रतिबन्ध कथासंग्रहको लोकार्पण तथा...

    भक्तपुर नगरपालिकाले सञ्चालन गरेका शिक्षण संस्थाहरुमा नयाँ प्राचार्य नियुक्त

    भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ‘ख्वप मा.वि.’, ‘ख्वप कलेज’, ‘शारदा क्याम्पस’, ‘शारदा क्याम्पस मा.वि’ र ‘ख्वप कलेज...