News Portal

  • गन बोकेर बस्ती पसे सांसद बस्नेत : आवश्यक हुनेलाई उपलब्ध गराइने

    भक्तपुर, २५ भदौ
    ११९६ पटक
    भक्तपुर, २५ भदौ

    देशभर फैलिएको डेंगु रोगका बिरामीहरु भक्तपुरमा पनि देखिएपछि भक्तपुर निर्वाचन क्षेत्र नम्बर-२ का निर्वाचित प्रनिनिधिसभा सांसद महेश बस्नेत आफै लामखुट्टे मार्ने गन बोकेर बस्तीमा पसेका छन् । ३ दिनदेखि उनी लामखुट्टे मार्ने गन बोकेर बस्ती पसेका हुन् ।

    भक्तपुरमा डेंगु सार्ने लामखुट्टे नियन्त्रण गर्ने उदेश्यले उनी गन बोकेर बस्ती पसेका उनका स्वकीय सचिव दिनेश थापाले बताए । थापाका अनुसार डेंगुबारे नियन्त्रण प्रयास भन्दा अफवाह बढी फ़ैलिएपछि सबैले यसको नियन्त्रणमा सहयोग गरुन भन्ने उदेश्यले सांसद बस्नेत स्वयम् गन बोकेर लामखुट्टे मार्दै हिड्न थालेका हुन् ।

    पूर्व उद्योग मन्त्रीसमेत रहेका सांसद बस्नेत बुधवार मध्यपुर थिमी-१ स्थित मनहरा खोला छेउको सुकुम्बासी बस्ती पुगेका थिए । सुकुम्बासी बस्ती पुगेर उनले स्थानीयको घर आगनमा लामखुट्टे मार्दै गरेको दृश्यले सबैलाई आकर्षित गरेको थियो । आफ्नो जनप्रतिनिधि आफ्नै घर आगनमा लामखुट्टे मार्न आएको देखेर स्थानीय दंग देखिएका थिए । केटाकेटीले उनलाई पछ्याएका थिए भने युवाहरु उनीसंगै सफाइमा जुटेका थिए ।

    मेसिन गन बाट आउने धुवाको मुस्लोले डेंगु सार्ने लामखुट्टे मात्र नभई अन्य किरा /भुसुना पनि मार्ने र यो रोग नियन्त्रणमा प्रभावकारी भएको सांसद बस्नेतले बताए । एउटाको सवा लाख रुपैया मूल्य पर्ने गन बस्नेतकै पहलमा ल्याइएको बताइएको छ । अर्को गन भने मध्यपुरकी उपमेयर अन्जना देवी मधिकर्मीले लिएर लामखुट्टे मार्दै हिडेकी थिइन् ।

    हनुमन्ते नदी सफाई अभियानको आयोजनमा भैरहेको सफाई अभियानको शृंखलाको रुपमा डेंगु नियन्त्रण अभियान चलाइएको हो । डिजेल, पेट्रोल र जिभ्यान नामक किटनाशक औषधि मिसाएर गनबाट छर्किएपछि त्यो धुवाको रुपमा फैलने र त्यसले लामखुट्टे मार्ने जानकारी प्राप्त भएको छ ।

    उक्त अभियानमा स्प्रे छर्कने मात्र नभई लामखुट्टेले फुल पार्ने र बस्ने ठाउँहरु समेत हटाइएको थियो । उक्त अवसरमा बस्नेतलाई हनुमन्ते सरसफाइ अभियानकी सह-संयाेजक मध्यपुर थिमीकी उपमेयर अञ्जना देवी मधिकर्मी,चलचित्रकर्मी तथा अभियन्ता मदन घिमिरे, उत्प्रेरक रुद्र पौडेल, नवराज काफ्ले लगायतले साथ दिएका थिए भने दर्जनौ युवाहरु सफाईमा जुटेका थिए ।

    नेकपाका केन्द्रिय सदस्य समेत रहेका सांसद महेश बस्नेतका स्वकीय सचिव दिनेश थापाका अनुसार डेंगु नियन्त्रणको यो अभियानले निरन्तरता पाउने छ । थापाले अन्य आवस्यक स्थानमा माग भएमा गन उपलब्ध गराइने जानकारी गराए । सरसफाइका उत्प्रेरक रुद्र पाेडेलको मोबाइल नम्बर ९८५१०४०९११ र संयाेजक नरेश रंजितको मोबाइल नम्बर ९८५११०६७४२ त्यसैगरी सदस्य सचिव नवराज काफ्लेको मोबाइल नम्बर ९८५१०१३७५८ मा सम्पर्क गरी गन प्राप्त गर्न सकिने थापाको भनाइ छ ।

    यो पनि पढ्नुस्

    भक्तपुरमा पनि देखियो डेंगु : यस्ता छन् बच्ने उपाय

    प्रतिकृया दिनुहोस्

    सैनिक स्कूल पछाडी लागेको लागो नियन्त्रणमा

    भक्तपुरको सल्लाघारीस्थित सैनिक स्कूल पछाडी लागेको आगो नियन्त्रणमा आएको छ ।बेलुकी अचानक लागेको आगो नियन्त्रणमा...

    न्यौपानेका कृतिहरूमा साहित्यिक पत्रकार संघको परिचर्चा

    काठमाडौं । साहित्यिक पत्रकार संघको आयोजनामा आज यहाँ भएको साहित्यकार वेदकुमारी न्यौपानेका कविता र नाट्यकृतिहरूको...

    भक्तपुरमा पत्रकार महासंघको सदस्यताका लागि आवेदन दिएका ३७ मध्ये ७ मात्र सिफारिस

    नेपाल पत्रकार महासंघले देशव्यापीरुपमा चलाएको सदस्यता शुद्धीकरण अभियानको प्रभाव भक्तपुर शाखामा पनि परेको छ ।...

    ओलीलाई फेरि अध्यक्ष बन्ने बाटो खुल्ला

    प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई पुन: अध्यक्ष बन्न बाटो खुलेको छ...

    प्रहरी परिसर भक्तपुरकी इन्स्पेक्टर खनाल डिएसपीमा बढुवा सिफारिस

    नेपाल प्रहरीका ४६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रहरी नायब उपरीक्षक (डिएसपी)का लागि बढुवा सिफारिस भएका...