News Portal

  • फ्रेन्डसीप फोरम फर नेप्लिज जर्नालिस्टले गरायो चीनले अघि सारेको बिआरआईबारे अन्तरक्रिया

    भक्तपुर, ३१ भदौ
    १३०८ पटक
    भक्तपुर, ३१ भदौ

    नेपालको विकासका लागि चीनसँग सहकार्य हुन नसकेको प्रति विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् । चीन सरकारले अघि सारेको ‘एक क्षेत्र एक मार्ग’ (बिआरआई) बारे बोल्दै विज्ञहरुले उक्त चिन्ता व्यक्त गरेका हुन् ।

    फ्रेन्डसीप फोरम फर नेप्लिज जर्नालिस्टले मंगलवार राजधानीमा आयोजना गरेको बिआरआईमा नेपालीको दृष्टिकोण विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै विज्ञहरुले बिआरआई नेपालका लागि एक उचित अवसर बन्न सक्नेमा जोड दिए ।

    कार्यक्रममा बोल्दै रसियाका लागि नेपाली राजदुत तथा लेखक हिरन्यलाल श्रेष्ठले बिआरआई एशिया युरोप र अफ्रिकालाई जोड्ने महापरियोजना भएको र यसले संसारभर प्रभाव पारेको उल्लेख गर्दै यो परियोजनालाई नेपालले एउटा राम्रो अवसरका रुपमा लिनुपर्ने बताए ।

    यदि बिआरआई सफल भएमा नेपाल पनि पहुँचमार्ग हुने भएकोले विश्वका ठूला ठूला कम्पनीहरु प्रविधि र पुँजी लिएर आफै आउने भन्दै उनले नेपाललाई ल्याण्ड लक्ड कन्ट्रीबाट ल्याण्ड लिंक कन्ट्री बन्ने अवसर यसले प्रदान गर्ने बताए । बेलााबखत नेपालले भारत बाट भोग्दै आएको नाकाबन्दीको बिकल्प यसले दिनसक्ने उनको दावी छ ।

    भृकुटी मण्डपस्थित नेपाल पर्यटन बोर्डमा आयोजना गरिएको कार्यक्रममा बोल्दै लेखक तथा विश्लेषक हरी रोकाले सन २०१७ मा नेपालले बीआरआईको पक्ष राष्ट्र भएर हस्ताक्षर गरेको भए पनि अहिलेसम्म त्यसमा कुन आयोजना लाने भन्ने कुनै पनि गृहकार्य नभएको भन्दै नेपालको सक्रियतामाथि शंका गरे । आफूले सबै मन्त्रालयका अधिकारीहरुसँग छलफल गरेको जानकारी गराउँदै उनले अहिले भइरहेकै आयोजनालाई देखाउने वाहेक अरु केही पनि नयाँ नभएकोले नेपालले यसलाई सदुपयोग गर्न नसकेको उनको भनाइ छ ।

    विश्लेषक रोकाले बीआरआई विश्वसँग सहकार्यको एउटा ठूलो खोज भएको भन्दै चीन सरकारको मुख ताक्नु भन्दा नेपालले योजना तथा कार्यक्रम दिनसक्नुपर्नेमा जोड दिए । केहि दिन अघि नेपाल आएका चिनिया विदेश मन्त्री ह्वागलाइ नेपालले इन्गेज गराउन नसकेको उल्लेख गर्दै उनले नेपाल सरकार बीआरआई प्रति स्पष्ट नदेखिएको आरोप लगाए ।

    कार्यक्रममा बोल्दै डेनमार्कका लागि नेपालका पूर्व राजदुत डा. विजयकान्त कर्णले बिआरआईबाट नेपालले धेरै फाइदा लिन सक्ने भए पनि अहिलेसम्म प्रोजेक्टहरुबारे न संसदमा न त आम जनतामा कतै पनि छलफलमा नल्याएको भन्दै सरकारको आलोचना गरे । अरुको आधारमा धारणा बनाउनु गलत भएको भन्दै उनले नेपालको विदेश नीति नेपालकै राष्ट्रिय हितका आधारमा सन्तुलित हुनुपर्ने बताए ।

    त्यसैगरी कार्यक्रममा नेपाल–चीन सांस्कृतिक तथा शैक्षिक परिषदका अध्यक्ष डा. हरिशचन्द्र शाहले बिआरआई लामो परियोजना भएकोले यसलाई हल्काफुल्का ढंगले नलिई दीर्घकालीन सोंचका साथ् अघि बढ्नुपर्ने बताए । विश्वसँगको कनेक्टिभीटी जोडिएपछि नेपालले आफूले पठाउने उत्पादन के हो भन्ने कुरा अहिलेदेखि नै तयारी गरेर त्यसका आयोजना नेपालमा बनाइनुपर्ने बताउंदै उनले यतिबेला यसबारे ब्यापक गृहकार्य गर्ने बेला भएको बताए ।

    कार्यक्रममा बोल्दै पूर्व पर्यटनमन्त्री आनन्द पोखरेलले नेपालले बिआरआईसँग हस्ताक्षर गरेपछि कतिपय ठाउँबाट किन गरेको भन्ने प्रश्न उठाइएको भन्दै त्यस्ता हस्तक्षेपहरुका विरुद्ध आम जनता उभिनुपर्ने र बीआरआईमा नेपालको सम्मानजनक सहभागिता रहने स्पष्ट पारे ।

    कार्यक्रम आयोजक सस्था फ्रेन्डसीप फोरम फर नेप्लिज जर्नालिस्टका संयोजक एवं नेपाल पत्रकार महासंघका पूर्वसचिव प्रभात चलाउनेको सभापतित्वमा संचालन भएको उक्त अन्तरक्रिया कार्यक्रममा सतारुढ़ नेकपाका नेता देवेन्द्र श्रेष्ठ ‘दिवाकर’, त्यसैगरी नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य जन्मदेव जैसी पनि अतिथिका रुपमा निम्त्याइएका थिए भने कार्यक्रममा बिभिन्न संचारमाध्यममा क्रियाशील पत्रकारहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि ७ सय एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...