News Portal

  • १० सेकण्डमै हेर्दाहेर्दै घर ढले,सडक चिरा पर्यो, रुख उखेलिए

    भक्तपुर, ९ असोज
    १२५१ पटक
    भक्तपुर, ९ असोज

    इस्लामावाद । पाकिस्तान प्रशासित काश्मीरको मिरपुर क्षेत्रमा मंगलबारको ५.६ म्याग्निच्युड (अमेरिकी जिओलोजिकल सर्भेका अनुसार ५.८ म्याग्निच्युड) को भूकम्पबाट के कति क्षति भयो त्यसको पूर्ण विवरण अझै आइसकेको छैन ।

    भूकम्प बेलुकापख गएको हुँदा रातको समयमा उद्धार कार्य राम्रोसँग हुन नसकेको अधिकारीहरुले बताएका छन् । त्यसपछिको परकम्पका कारण मानिस झन् त्रसित छन् । भूकम्प ४.३३मा गएको थियो भने पहिलो परकम्प ४ बजेर ४३ मिनेटमैै गएको पाकिस्तानको सरकारी निकायले जनाएको छ । झेलममा गएको पहिलो परकम्प ३ दशमलब ४ रेक्टर स्केलको भएको जनाइएको छ । २४ घण्टाको अवधीमा अन्य परकम्प पनि जान सक्ने अधिकारीहरुले अनुमान गरेका छन् ।

    पाकिस्तानी पत्रिका डनले मृतकको संख्या २३ भएको गएराति जनाएको थियो । एक सय भन्दा बढीको अवस्था गम्भीर भएको र तीन सयभन्दा बढी घाइते भएको मात्रै बताइएको छ ।

    मिरपुर क्षेत्रलाई ‘लिटल इङ्गल्याण्ड’ समेत भन्ने गरिएको छ । जहाँ बेलायती शैलीका थुप्रै भव्य भिल्लाहरु छन् । तर ८ देखि १० सेकेण्डको बीचमा गएको भूकम्पले सो क्षेत्रलाई तहसनहस बनाइदिएको छ । मिरपुरलाई बेलायतसँग दाज्नुको कारण हो– सन् १९६० को दशकमा त्यहाँका मानिसलाई बेलायतले आफ्नो उद्योगमा काम गर्न लैजानु । मिरपुर क्षेत्रका करिब ४ लाख ५० हजार मानिसको बेलायतसँगको नाता गाढा मानिन्छ ।

    धेरैको पाकिस्तान र बेलायत दुवै देशको नागरिकता छ । भव्य खालका घर छन् । पाकिस्तानस्थित बेलायती उच्चायोगको कार्यालयले त्यहाँको पछिल्लो अवस्था बारेमा चासो व्यक्त गरेको छ ।

    भूकम्पले सडक चिरिएर खोल्सोजस्तो भएको तस्बिर सामाजिक सञ्जालमा प्रस्तुत गरिएका छन् । भूकम्प त्यति ठूलो नठानिए पनि क्षति हेर्दा भने तर्सिने अवस्था उत्पन्न भएको त्यहाँका मिडियाले जनाएका छन् ।

    सो भूकम्पको केन्द्र जमिनभन्दा १० किमी तल रहेको जनाइएको छ । पाकिस्तान नियन्त्रित जम्मु काश्मीरका प्रधानमन्त्री राजा फारुक हैदर गएको सोमबारदेखि काश्मीर सम्बन्धी एक कार्यक्रममा भाग लिन लाहौरमा रहेकोमा भूकम्पलगत्तै फर्केका छन् ।

    उनले उद्धार कार्यको अनुगमन गरेका छन् । कैयौँ घर ध्वस्त भएका छन्, रुख उखेलिएका छन् मिरपुर क्षेत्रको सडकमा कार नै निल्नेगरी धाँजा फाटेको छ । त्यसैगरी गुड्दागुड्दैका बस पनि ढलेका छन् ।

    मिरपुर नजिकै बस्ने ६० वर्षीय मोहम्मद सफदारले भने,”जब हल्लिन थाल्यो म घरमै थिएँ । पर्खाल भत्किदै थिए, घरको छाना खस्दै गरेको देखेँ । सिलिङ फ्यान र अन्य सामग्री पनि खस्दै थिए । त्यसपछि भाग्दै खुला क्षेत्र तर्फ लागे । मैले यस्तो भूकम्प मेरो जीवनकालमा कहिल्यै देखेको थिइनँ ।”

    ६५ वर्षीय रमजान अहमदको टाउकोमा चोट लागेको छ । नाकबाट रगत आइरहेको छ । उनको घर ढल्दा उनी ७ जनाको परिवारसहित घरमै थिए । भन्छन्, “हामी घाइते भएका छौं । म अस्पताल आउने बाटोमा दर्जनौं घर ढलेको देखें ।”

    पाकिस्तान प्रशासित काश्मीरका सूचनामन्त्री मुस्ताक मिनहासले अहिले नै क्षतिको विवरण भन्ने अवस्था नरहेको सिन्ह्वासँगको कुराकानीमा बताएका छन् । मिरपुर क्षेत्रमा अझै पनि थुप्रै मानिस पुरिएका कारण संख्या निकै ठूलो हुन सक्ने बताइएको छ ।

    भूकम्पको केन्द्र राजधानी इश्लामाबादबाट ११९ किमी दक्षिण पूर्वको झेलम क्षेत्र हो । सो क्षेत्र मिरपुरमा नै पर्छ । प्रधानमन्त्री कार्यालय मातहतको राष्ट्रिय विपद व्यवस्थापन प्राधिकरणले परकम्प गइरहन सक्ने भएकोले सतर्क रहन भनेको छ ।

    मिरपुर भारतको नजिकै रहेको छ । पाकिस्तानका प्रधानमन्त्री इमरान खान संयुक्त राष्ट्र संघको ७४ औं महासभामा भाग लिन अहिले अमेरिकामा छन् । उनले आफ्नो देशमा आएको विपद्प्रति दुःख व्यक्त गर्दै उद्धारमा खटिन मातहतका निकायलाई निर्देशन दिएका छन् ।

    भूकम्पको धक्का पाकिस्तानको इस्लामावाद, पेसावर, रावलपिन्डी र लाहौरमा पनि महसुस गरिएको थियो । सरकारी अधिकारीहरुका अनुसार पाकिस्तान नियन्त्रित काश्मीरको जातला इलाकामा २५० घरमा क्षति पुगेको छ । पाकिस्तानी सेनाले उद्धारको लागि खटिइसकेको जनाएको छ । उता भारत प्रशासित काश्मीरको श्रीनगरका जिल्ला अधिकारी शाहिद चौधरीले ट्विट गर्दै श्रीनगरमा सबै सुरक्षित भएको र जनधनको नोक्सान नभएको जनाएका छन् । ( एजेन्सीहरुको सहयोगमा)

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि ७ सय एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...