News Portal

  • चीनमा कम्युनिष्ट शासनको आज ७० वर्ष

    भक्तपुर, १४ असोज
    १२५१ पटक
    भक्तपुर, १४ असोज

    चीनमा कम्युनिष्ट शासनको आज ७० वर्ष पूरा भएको छ । १ अक्टोबर १९४९ मा चीनमा कम्युनिष्ट शासनको घोषणा गरिएको थियो ।

    माओको नेतृत्वमा रहेको कम्युनिष्ट पार्टीले जनयुद्ध मार्फत तत्कालिन सत्तारुढ़ पार्टी कुमिन्ताङलाई पराजित गरेपछि सन् १९४९ मा आजकै दिन माओले पिपुल्स रिपब्लिक अफ चीन (पिआरसी) घोषणा गरेका थिए ।

    यो नयाँ चीन( पिपुल्स रिपब्लिक अफ चीन ) स्थापना भएको दिनलाई चीनले राष्ट्रिय दिवसका रुपमा विशेष कार्यक्रम गरी मनाउदै आएको छ । आज चीनले तियानमेन स्क्वायरमा १५ हजार सेनालाई परेड खेलाउने र आफ्नो शैन्य शक्ति प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ ।

    चिनियाँ कम्युनिष्ट पार्टीको स्थापना सन् १९२१ मा भएको थियो । यसको सदस्य संख्या ९ करोड बढी रहेको छ । कम्युनिष्ट शासनसंगै आर्थिक र भौतिक लगायत सबै क्षेत्रमा उच्च प्रगती गरेको चीनमा कम्युनिष्ट शासन स्थापना दिवसको विशेष महत्व छ ।

    प्रतिकृया दिनुहोस्

    वातावरण विद खनाललाई पितृशोक

    बागमती सभ्यता एकीकृत विकास समितिको पूर्व कार्यकारी समिति सदस्य समेत रहेका वातावरणविद मौसम खनाललाई पितृशोक...

    सञ्चारकर्मीलाई भक्तपुर सिडिओको सुझाव- समाजलाई सकारात्मक बनाऔं

    भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले समाजलाई सकारात्मक बनाउन सञ्चारकर्मीलाई सुझाव दिएका छन् । सकारात्मक...

    चिनियाँ सरकार र चिनियाँ जनतालाई असल र भरपर्दो मित्र मानेका छौं : नगर प्रमुख प्रजापति

    नाँचगानको राजधानी, साँस्कृतिक नगर र जीवित सङ्ग्रहालयको उपमा पाएको भक्तपुर नगरपालिकाको यस दरबार क्षेत्रमा नेपाल...

    नेपाल विश्वप्रसिद्ध पर्यटकीय गन्तव्यस्थल हो : राजदूत छन सङ

    नेपालका लागि चिनियाँ राजदूत छन सङले नेपाल विश्वप्रसिद्ध पर्यटकीय गन्तव्यस्थल भएको बताएका छन् । यहाँका...

    समाजवादी प्रेस संगठनका अध्यक्ष र महासचिव नै एमाले प्रवेश, भक्तपुरबाट भने कोही गएनन्

    नेकपा(एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणी सुवेदी बिमसु नै एमाले निकट प्रेस चौतारीमा...