News Portal

  • संसारमा चीनलाई अब कसैले रोक्न सक्दैन : सी जिनपिङ (फोटो फिचर)

    भक्तपुर, १४ असोज
    १४७० पटक
    भक्तपुर, १४ असोज

    एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिनपिङले जनवादी गणतन्त्र चीन स्थापना भएको ७० औँ वार्षिकीको अवसरमा मंगलबार सम्पन्न भएको भव्य ¥याली अघि सम्बोधन गरेका छन् । ७० वर्षअघि चीनमा कम्युनिष्ट शासन स्थापना भएको थियो ।

    सम्बोधनमा उनले एकता, विकास र सामथ्र्यलाई जोड दिए । सम्बोधनको क्रम धेरैजसो राष्ट्रवादी भाषा प्रयोग गरेका सीले भने, ‘यो महान् राष्ट्रको जग हल्लाउन सक्ने कुनै शक्ति छैन ।’ सन् १९४९ अक्टोबर १ मा माओले जन–गणतन्त्र चीनको घोषणा गरेको तियानमेन चोकमा उभिएर सीले भने, ‘आज एउटा समाजवादी चीन विश्व सामु खडा भएर उभिएको छ ।’

    ‘कुनै शक्तिले पनि चिनियाँ नागरिक र चिनियाँ राष्ट्रलाई अघि बढ्नबाट रोक्न सक्दैन,’ चिनियाँ झण्डा लिएर उपस्थित ठूलो बासिन्दाअघि उभिएर सीले भने । सीले सम्बोधनको क्रममा चिनियाँ कम्युनिष्ट पार्टीले लामो समयदेखि प्रयोग गर्दै आएको राष्ट्रवादी भाष्य प्रयोग गरेका थिए ।

    चिनियाँ कम्युनिष्ट पार्टीले लामो समयदेखि कयैन औपनिवेशिक शक्तिको चौतर्फी आक्रमण भोग्दै आएको चीनलाई ‘अपमानको शताब्दी’बाट माथि उठाउने बताउँदै आएको छ । सीको सम्बोधनमा यही भाषाको प्रतिध्वनी सुनिएको थिए ।

    सम्बोधनमा सीले हङकङको कुरा पनि उठाए । तीन महिनादेखि सरकारविरोधी प्रदर्शन सामना गरिरहेको हङकङबारे सीले भने, ‘चीन एक देश, दुई प्रणालीलाई शान्तिपूर्ण रुपमा लागु गर्ने कुरामा प्रतिबद्ध हुनुपर्छ ।’

    चीनको जनवादी गणतन्त्रको विरोधमा हङकङमा मंगलबार पनि छिटपुट प्रदर्शन गरिएको छ । ‘हामी हङकङ र मकाओको दीर्घकालिन स्थीरता, अन्तरतटिय सम्बन्धमा विकास र सम्पूर्ण देशका पूर्ण एकिकरण गर्ने कुरामा प्रतिवद्ध छौँ,’ सीले भने ।

    च्याङ–यान एभेन्यूमा सैन्य फौजको परेड अवलोकन गरिसकेपछि, सीले विशाल सैन्य परेडको अध्यक्षता गरेका थिए । त्यस क्रममा विश्वकै अत्याधुनिक हातहतियार प्रदर्शन गरिएका थिए ।

    -यालीको तयारी गर्नेहरुले त्यसमा झण्डै १५ हजार सेना, १६० वायुयान र ५८० हातहतियार प्रयोग हुने बताएका थिए । प्रदर्शनमा देखाइने हातहतियारमा विश्वमै उत्कृष्ट मानिने ड्रोन प्रविधि र अत्याधनिक मिसाइल प्रणाली पनि थियो ।

    बेइजिङको आकासमाथि हेलिकप्टरले देशको राष्ट्रिय झण्डा उडाएका थिए पछि वायुयानले ‘७०’ अंक बनाएर उडेका थिए । ७० औँ वार्षिकोत्सवका अवसरमा बेइजिङका नागरिकहरुमा उत्साह देखिएको थियो ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...