News Portal

  • युनेस्को प्रतिनिधि मण्डलद्वारा भक्तपुर नगरस्थित सम्पदा पुनःनिर्माणको अवस्था अवलोकन

    भक्तपुर, ३० असोज
    २३७० पटक
    भक्तपुर, ३० असोज

    युनेस्को प्रतिनिधि मण्डलले विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुर नगरस्थित सम्पदा पुनःनिर्माणको अवस्था अवलोकन गरेका छन् । विहीवार उक्त प्रतिनिधि मण्डलले पुनःनिर्माणको अवस्था अवलोकन गरेको हो ।

    युनेस्कोबाट आएका डा. गमीनी वीजीसुरीया, क्याथरिन फोर्बस् र नपिना श्रेष्ठ सिंह लगायत पुरातत्व विभागबाट आएका कर्मचारीहरुलाई भक्तपुर नगरपालिकामा बिहीबार नगरपालिकाका प्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशी लगायतले स्वागत गरेका थिए ।

    प्रमुख प्रजापतिले प्रतिनिधि मण्डललाई सम्पदा संरक्षण र सरसफाइमा नगरपालिकाले गरेका कार्यबारे अवगत गराएका थिए । भक्तपुर नगरलाई साँस्कृतिक सम्पदाहरु संरक्षित नगरको रुपमा विकास गर्न घरधनीहरुलाई मौलिक शैलीमा घर निर्माण गर्न उत्साहित गर्दै आएको उनले जानकारी गराए ।

    मौलिक शैलीमा घर निर्माण गर्नेहरुलाई मोहडामा लाग्ने इँटा, काठ र झिंगटीको खर्च मध्ये ३५ प्रतिशत अनुदान दिंदै आएको, विश्व सम्पदा सूचीमा रहेका दरवार क्षेत्र र टौमढी क्षेत्रमा गाडी प्रवेश निषेध गरिएको तथा मूल सडकमा ढुंगा छाप्ने काम भैरहेको प्रमुख प्रजापतिले प्रष्ट पारे ।

    नगरपालिकाले सम्पदा संरक्षणलाई प्राथमिकतामा राखेर काम गरेको उल्लेख गर्दै प्रमुख प्रजापतिले भूकम्प पछि क्षतिग्रष्त सम्पदाहरु पुनःनिर्माण र जीर्णोद्वार गरिरहेको र हालसम्म ९० वटा सम्पदाहरु पुनःनिर्माण सम्पन्न भैसकेको भनेका थिए । १५ वटा भन्दा बढी निर्माणाधीन अवस्थामा रहेको तथा हाल सिंहध्वाका दरवार पुनःनिर्माणको चरणमा रहेको उनले जनाए ।

    उनले भक्तपुरको प्रसिद्ध मन्दिर भैरबनाथको मन्दिर भर्खरै जीर्णोद्वार सम्पन्न गरिसकेको र हाल प्रसिद्ध ५ तल्ले मन्दिर लगायत कयौं सम्पदाहरु जीर्णोद्वारकै क्रममा रहेको जानकारी गराए ।

    इन्जिनियर समेत रहेकी नगरपालिकाकी उपप्रमुख रजनी जोशीले निर्माणाधीन सिंहध्वाका (न्ह्यकं झ्या दरबार) बारेको विस्तृत प्रस्तुतिकरण दिंदै प्रतिनिधि मण्डलले राखेका जिज्ञासाहरुबारे जवाफ दिएकी थिइन् । सिंहध्वाका दरवार पुनःनिर्माणको लागि भएको कार्यशाला गोष्ठीबाट भक्तपुर नगरपालिका र पुरातत्व विभागले संयुक्त रुपमा गर्ने निर्णय गरेको बताइन ।

    युनेस्कोका डा. गमीनीले भक्तपुर नगरपालिकाले गरिरहेको सम्पदा संरक्षणको प्रशंसा गरेको नगरपालिकाले जनाएको छ । उक्त अवसरमा सम्पदा पुनःनिर्माणका चरणमा मूर्त र अमूर्त संस्कृति संरक्षणमा भक्तपुर नपाले गरिरहेको प्रयास र उपभोक्ता समिति मार्फत सम्पदा पुनःनिर्माणको प्रभावकारिता बारेमा जानकारी लिइएको थियो ।

    मण्डलका क्याथरिन फोर्बस्ले सम्पदा पुनःनिर्माणले जनभावनाको कदर गरे वा नगरेको तथा पुरानै शैलीमा सम्पदा पुनःनिर्माणका चुनौतीका बारेमा जानकारी लिएकी थिइन् ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...