News Portal

  • पत्नीले कानून उल्लङ्घन गरेको आरोप लागेपछि मन्त्रीले दिए राजीनामा

    भक्तपुर, १४ कात्तिक
    ११५४ पटक
    भक्तपुर, १४ कात्तिक

    जापानका न्यायमन्त्री कात्सुयुकी कावाईले बिहीबार राजीनामा दिएका छन । एक हप्तामा दुई जना मन्त्रीको राजीनामापछि प्रधानमन्त्री सिन्जो आवेलाई ठूलो धक्का लागेको छ ।

    कावाईकी पत्नीले निर्वाचन कानूनको उल्लङ्घन गरेको आरोपपछि न्यायमन्त्री कावाईले नैतिकताका आधारमा राजीनामा दिएका हुन ।

    जापानी साप्ताहिक पत्रिका शुकान भुनशुनले जुलाईमा जापानी संसदको माथिल्लो सदनमा ४६ वर्षीया एन्द्री कावाईले आफ्ना कर्मचारीलाई कानूनले तोकेभन्दा बढी भत्ता दिएको कुरा सार्वजनिक गरेपछि ५६ वर्षीय न्यायमन्त्री कावाईले राजीनामा दिएका हुन् ।

    कावाईले कर्मचारीलाई दिएको दैनिक खर्च जापानी कानूनले निर्धारण गरेको खर्चभन्दा बढी भएको उक्त पत्रिकाको बुधबारको अनलाइन संस्करणमा छापिएको थियो ।

    पत्रिकाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार एन्द्री कावाईका १३ महिला निर्वाचन अभियानकर्मीलाई कानूनमा व्यवस्था भएभन्दा दोब्बर अर्थात प्रतिदिन २७६ डलर बराबर खर्च उपलब्ध गराएका थिए ।

    मन्त्री कावाईसमेतलाई आफ्नो निर्वाचन क्षेत्रमा मतदातालाई आलु तथा मकैको उपहार दिएर मत प्रभावित गराएको आरोप पत्रिकामा लगाइएको छ ।

    प्रधानमन्त्री आवेलाई उनको कार्यालयमा राजीनामा बुझाएपछि बिहीबार पत्रकार सम्मेलनमा भने, “मेरो पत्नी एन्द्री वा ममाथि लगाइएका आरोप निराधार छन् । हामीले कुनै अनियमितता गरेका छैनौँ । यसलाई तल्लो तहसम्म पुगेर आरोपलाई निराधार पुष्टि गर्नु नै अहिलेको मेरो जिम्मेवारी हो ।”

    हिरोसिमाको निर्वाचन क्षेत्र नं ३ बाट संसद्को तल्लो सभाका लागि सात पटकसम्म निर्वाचित कावाईले सेप्टम्बरदेखि न्यायमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । उनले न्यायराज्य मन्त्री तथा विशेष कूटनीतिक सल्लाहाकारका रूपमा काम गरिसकेका छन् ।

    गत शुक्रबार सोही पत्रिकाले त्यहाँका उद्योग मन्त्रीलाई पनि आफ्ना सहयोगीलाई कानूनविपरीत नगद तथा उपहार वितरण गरेको समाचार छापेपछि उनले पनि राजीनामा दिएका थिए ।

    यसैबीच जापानी प्रधानमन्त्री आवेले दुई मन्त्रीको राजीनामाको जिम्मेवारी लिँदै जापानी जनतासँग क्षमा याचना गरेका छन् ।

    उनले भने, “न्यायमन्त्री कावाईलाई जिम्मेवारी दिएको र उहाँमाथि अनियमितता गरेको आरोप लागेकाले यसको जिम्मेवारी लिँदै जापानी जनतासमक्ष क्षमा याचना गर्छु ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...