News Portal

  • भक्तपुरमा नेकपाको जीत सुनिश्चित : शाक्य

    भक्तपुर, १६ कात्तिक
    २१३९ पटक
    भक्तपुर, १६ कात्तिक

    शनिवार भक्तपुरमा सतारुढ़ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले निर्वाचन परिचालनको पहिलो बैठक सम्पन्न गरेको छ । मङ्सिर १४ गतेका लागि तय भएको उपनिर्वाचनमा केन्द्रित रहेर निर्वाचन परिचालन कमिटी भक्तपुरले पहिलो बैठक सम्पन्न गरेको हो ।

    भक्तपुर-१० कमलविनायकमा आयोजित उक्त बैठकलाई सम्बोधन गर्दै प्रदेश नम्बर ३ की पार्टी इन्चार्जसमेत रहेकी स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यले भक्तपुरमा नेकपाले जनताको मन जितेको भन्दै जीत सुनिश्चित भएको जिकिर गरिन् । पार्टीका इमान्दार नेता हरिशरण लामिछानेले जितेको उक्त क्षेत्रमा नेता लामिछानेको निधन भए पनि उनको त्याग र निष्ठाको राजनीति जिवितै रहेकोले नेकपाको जीत सुनिस्चित रहेको उनको भनाइ थियो ।

    स्थायी समिति सदस्य शाक्यले पात्र भन्दा पार्टी ठूलो भएकोले उम्मेदवारको बिषयमा नअल्झिकन एकतावद्ध भएर प्रचारप्रसारमा लाग्न निर्देशन दिएकी थिइन् । उनले नेकपाका नेताकार्यकर्ता जनतासंग जोडिन सक्नुपर्नेमा जोड दिंदै जनताले पत्याएको व्यक्तिमात्र नेता बन्न सक्ने बताइन्। प्रदेश नम्बर ३ की पार्टी इन्चार्ज समेत रहेकी शाक्यले भक्तपुरको प्रदेश सभामा पार्टीले निर्वाचन जित्नेमा कुनै शंका नगरी उच्च मनोबलका साथ् चुनावी अभियानमा केन्द्रित हुनुपर्ने आवस्यकता औल्याएकी थिइन् ।

    उक्त अवसरमा प्रदेश नम्बर ३ का पार्टी सह-इन्चार्जलगायतका पदाधिकारीहरु, भक्तपुर जिल्ला कमिटिका इन्चार्ज दिलिप प्रजापति, सहइन्चार्ज सोम मिश्र, संघीय सांसद महेश बस्नेत, भक्तपुरबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने नेकपा सांसदहरु, भक्तपुरमा रहेका नेकपा प्रदेश नम्बर ३ का सदस्यहरु, नेकपाबाट जिल्लामा निर्वाचित जनप्रतिनिधिलगायत अतिथिको रुपमा उपस्थित रहेका थिए ।

    अतिथिको रुपमा उपस्थित भएर आफ्नो मन्तब्य दिएका अधिकांश वक्ताहरुले पार्टीको सरकारले गरेका राम्रा कामबारे प्रचार गर्न नसक्दा विरोधीहरुले जनतामा भ्रमको खेती गरिरहेको बताएका थिए । कार्यकर्तालाई प्रशिक्षण गरेको शैलीमा मन्तब्य दिंदै वक्ताहरुले जनतालाई सरकारले गरेका जनमुखी कामबारे जानकारी दिनुपर्ने आवश्यकता औल्याएका थिए ।

    उक्त निर्वाचन परिचालनको पहिलो बैठक नेकपा भक्तपुरका अध्यक्ष बचन देउजाको अध्यक्षतामा बसेको थियो भने बैठकको संचालन पार्टीका जिल्ला कमिटी सचिव डीपी ढकालले गरेका थिए । उक्त अवसरमा अध्यक्ष देउजाले ५ सय १ सदस्यीय निर्वाचन परिचालन कमिटी बारे जानकारी गराएका थिए । उनले उपनिर्वाचनमा परिचालन गरिने विभिन्न उपसमितिहरुको इन्चार्ज र सहइन्चार्ज लगायतको जिम्मेवारी बाडफाड सम्बन्धी निर्णय सुनाएका थिए । उपनिर्वाचनको सम्भावित उम्मेदवार समेत रहेका बैठक संचालक एवं पार्टीका जिल्ला सचिव डीपी ढकालले दिवंगत नेता लामिछानेको बिरासत बचाइराख्न र बिजयी शिखरमा टिकिराख्न निर्वाचन एउटा परीक्षाको रुपमा रहेको धारणा व्यक्त गरेका थिए ।

    प्रदेश क्षेत्र नम्बर १ अन्तर्गत चाँगुनारायण नगरपालिकाका सबै वडा र भक्तपुर नगरपालिकाको वडा नम्बर १० पर्दछ । बैठकमा सबै वडाका पार्टी प्रतिनिधि, जनवर्गीय संगठनका प्रतिनिधि लगायतको उत्साहजनक उपस्थिति रहेको उपनिर्वाचनमा स्वयंसेवक परिचालन कमिटीका संयोजकसमेत रहेका युवा नेता दिनेशकुमार थपलियाले जानकारी गराए ।

    याे पनि पढ्नुस् 

    भक्तपुरको उपनिर्वाचनका लागि ४ जनाको नाम सिफारिस : शनिवार केन्द्रले निर्णय गर्ने सम्भावना

     

    प्रतिकृया दिनुहोस्

    शर्मा र सुवेदीलाई सम्मान

    २०८०।०८।१४ काठमाडौं अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले अनेसास बिओटी सल्लाहकार रोहिणी शर्मा र अनेसासका...

    आयल निगम ऋण मुक्त भएसंगै घट्यो पेट्रोलियम पदार्थको मूल्य

    भारी ऋणमा रहेको नेपाल आयल निगम ऋण मुक्त भए संगै पेट्रोलियम पदार्थको मूल्य घटेको छ...

    इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट

    इन्टरपोलद्वारा आयोजित INTERPOL 100 Global Video Contest for Young Police Leaders प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट भएको...

    जलवायु परिवर्तनको असर कम गर्न नेपालले गरेका प्रयास बारे विश्वलाई जानकारी गराइने

    युएई । प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ ले जलवायु परिवर्तनको असर कम गर्न नेपालले गरेका प्रयास...

    पतिपत्नी सवार मोटरसाइकल पल्टदा पछाडीबाट आइरहेको बसको ठक्करबाट पत्नीको मृत्यु

    काभ्रेको रोशि ११ डालाबेशि स्थित बि.पि.राजमार्ग सडक खण्डमा सवारी दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ...